गोपाल अश्कका दुई पुस्तक विमोचित

काठमाडौँ मंसिर १७ गते । हिजो शुक्रवार साहित्यकार गोपाल अश्कका दुई कृति लोकार्पण भएको छ । एउटा कृति अश्कद्वारा लिखित ‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ हो भने अर्को कृति अश्क बारे विभिन्न विद्वानहरूद्वारा लेखिएका लेखको सँगालो ुसाहित्यकार गोपाल अश्कु हो ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित उक्त कार्यक्रममा कृतिहरू बारे समालोचकहरू दिनेश गुप्ता, प्रमोद प्रधान र प्राडा कुमार कोइरालाले समीक्षात्मक मन्तव्य दिनु भएको थियो भने भाषा आयोगका अध्यक्ष उषा हमाल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र नेपाल स्रष्टा समाजका सल्लाहकार पवन आलोकद्वारा शुभकामना मन्तव्य व्यक्त भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि ड़ा। ध्रुवचन्द्र गौतमले गोपाल अश्क बहुमुखी प्रतिभाशाली भएको कुरामा जोड दिनु भयो।

मधु पाठकको उद्घोषणमा सञ्चालित ुलोकार्पण समारोहुको अध्यक्षता नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनद्वारा गरिएको थियो भने स्वागत भाषण समाजका महासचिव देविका तिमिल्सिनाद्वारा गरिएको थियो।

तपाईको प्रतिक्रिया