बारा मंसिर १७ गते । सत्ता गठबन्धनको तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ मा निर्वाचित भएका प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र ४ (ख) मा निर्वाचित भएका प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई स्थानीयले २ सय ५ किलोको माला लगाएर सम्मान गरेको छ ।
बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ५ बहुआरिमा आयोजित एक कार्यक्रमको बीच उहाहरुलाई सो माला लगाइ दिएका हो । मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट बारामा श्रेष्ठ र सोनल मात्रै निर्वाचित हुनुभएको हो ।
तपाईको प्रतिक्रिया