Khadya Bibhag

पत्रकार महासंघले तोक्यो सूचना अधिकारी, सिडियो कार्यालयले गर्यो ताकेता

सिरहा मंसिर २०–जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लास्थित सबै कार्यालयलाई सूचना अधिकारीको नाम उपलब्ध गराउन पत्रचार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले सरकार सार्वजनिक कार्यालयहरुको कार्यालय प्रमुख एवं सुशासन इकाइ प्रमुखको बैठकले सात दिनभित्र सूचना अधिकारीहरुको नाम थर, पद र मोवाइल नम्बर पठाउन निर्देशन दिएको थियो । आज १३ दिन पुगिसक्दा पनि केही कार्यालयबाहेक अरुले नपठाएको हुँदा यथाशिघ सूचना अधिकारीको नाम पठाउन जिल्ला प्रशासन कार्यालयले सबैलाई पत्राचार गरेको छ ।

जिल्लास्थित सबै कार्यालयले सूचना अधिकारी तोक्नुपर्ने भन्दै सूचनाको हक प्रयोग गर्ने अभियन्ता परशुराम साहले जिल्ला प्रशासनसँग सूचना माग गर्नुभएको थियो ।

सोही माग बमोजोमि मंसिर ८ गते जिल्ला प्रशासन कार्यालयमा बैठक बसि सबै कार्यालयलाई सूचनाअधिकारी तोकेर त्यसको नाम र सम्पर्क नम्बर पठाउन निर्देशन दिएको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ सिरहा शाखाले पनि सूचना अधिकारी तोकेको छ । सूचना अभियन्ता परशुराम साहले माग गर्नुभएको सूचनाका आधारमा महासंघले महासंघका सचिव रामदयाल यादवलाई सूचना अधिकारी तोकेको छ र त्यसको जानकारी अभियन्ता साहलाई पनि गराइएको छ ।

तपाईको प्रतिक्रिया