Khadya Bibhag

भाषा विवादः मधेशी आयोगले सोध्यो संसद सचिवालयलाई स्पष्टिकरण

काठमाडौँ पुस ८ गते । मधेशी आयोगले संघीय संसदको सचिवालयलाई आज स्पष्टीकरण सोधेको छ । संसदमा मधेशी भाषा भन्दै मैथिली भाषामा जनमत पार्टीका नेताहले सपथ लिएपछि अहिले भाषाको विवाद उत्पन्न भएको छ ।

मधेशी भाषामा भन्दै मैथिलीमा सपथ लिएपछि आयोगमा विभिन्न उजुरी परेपछि त्यसको आधारमा आयोगले आजै सचिवालयलाई सो स्पष्टिकरण सोधेको हो ।

जनमत पार्टीका अध्यक्ष डा।सिके राउतसहित केही सांसदलाई कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भनी आयोगले सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।

सिके राउतसहित केही प्रतिनिधि सभाका सदस्यहरुले भाषा आयोग तथा मधेशी आयोग द्वारा सुचिकृत नरहेको ’मधेशी भाषा’ मा सपथ लिएको भन्दै आयोगमा उजुरीहरु प्राप्त भएपछि आयोगको गम्भीर ध्यानकर्षण भएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले आयोगलाई स्पष्ट रुपमा जानकारी गराउन पत्र पठाउनु भएको छ ।

हालसम्म भाषा आयोगबाट प्रकाशित गरिएको ‘सरकारी कामकाजका भाषा सम्बन्धी सिफासिरसहरु २०७८’ र मधेशी आयोगमा ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकाले सो भाषमा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा सपथ लिनु गम्भीर विषय रहेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया