सांसदको तलब बन्द गर्न माग

काठमाडौँ पुस ८ गते । राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिईदै आएको तलब सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्न माग गर्दै राष्ट्रियसभा अध्यक्षलाई ज्ञापन पत्र वुझाएको छ । अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई भेट गरी ज्ञापन पत्र वुझाएको हो।

‘ज्ञापनपत्रमा भनिएको छ, ‘अहिले चलिरहेको विश्वव्यापी मन्दीको प्रभावले नेपालमा परेको असरबारे सर्वविदित नै छ । व्यक्तिगत कर्जा र व्यवसायिक कर्जाको ब्याज तथा किस्ताहरु नउठेर सबै जसो बैंकहरूको खराब कर्जादर अप्रत्याशित रूपले बढेको छ ।

बैंकको ब्याज तिर्न नसकेर थुप्रै व्यापारीहरु डिप्रेसनको सिकार भएको छ भने कतिपय आत्महत्या गर्न बाध्य भएका छन ।’ ‘धेरैले व्यापार व्यवसाय बन्द गरी पलायन हुनुपरेको अवस्था सृजना भएको उल्लेख गर्दै धेरैले कर्मचारी कटौती गर्नुको साथै कृषि उत्पादको उचित मूल्य र मल न पाएर कृषकहरु कृषि प्रति उदासिन भएको उल्लेख गरिएको छ ।

यस्तो अवस्थामा सरकारले नै उचित कदम चालेर अनावश्यक ब्ययभार कम गर्नु पर्ने अभियानले ठहर गरेको छ ।

‘सर्वोच्च निकाय संघीय संसद नै भार थेग्न नसक्ने गरी मुलुकको ढुकुटी रित्याउने माध्यम बन्न जादा संसदमाथि जनताको आम भरोसा नै टुट्ने जोखिम पैदा भएको उल्लेख गर्दै अभियानका संयोजक विनय यादवले सांसदमाथी जनताको भरोसा कायम राख्न एवम संसदको गरिमा कायम राख्न सांसदमाथी हुने व्ययभार कटौती गर्न अत्यावश्यक रहेको उल्लेख गर्नुभएको छ ।

संघीय सांसद र प्रदेश सभाका सासदलाई दिइदै आईरहेको दैनिक भत्ताबाहेक सबै तलब सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्नका लागी कदम चाल्न अभियानले माग गरेको छ ।

तपाईको प्रतिक्रिया