काठमाडौँ पुस ११ गते । जनमत पार्टीले सरकारमा मन्त्री पठाउने विषयमा छलफल सुरु गरेको छ ।
शंखमुलस्थित पार्टी कार्यालयमा चलिरहेको छलफलमा पार्टीबाट गैरसांसदलाई पनि मन्त्रीमा पठाउने विषयमा बहस भइरहेको छ । जनमत पार्टीले पाउने मन्त्रालयको आधारमा कसलाई मन्त्री पठाउने तय हुने सो पार्टीका एक नेताले बताउनुभयो ।
कुन मन्त्रालय र कतिवटा मन्त्रालय पाउने गठबन्धनमा अझै तय भएको छैन । यद्यपी जनमत पार्टीले दुईटा मन्त्रालय माग गरेको छ । जनमतसँग छजना सांसद रहेका छन् ।
मन्त्री पठाउने प्राथमिकतामा सिके राउत आफै रहनु भएको छ । राम्रो मन्त्रालय पायो भने सिके राउत आफै पनि जान सक्नु हुन्छ नभए मन्त्रालयका आधारमा विज्ञ र दक्ष गैरसांसदलाई पनि मन्त्रीमा पठाउने तयारी भइरहेको छ ।
तपाईको प्रतिक्रिया