‘बेसरम रंग’ गीत सम्पादन हुने

शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ का केही दृश्य र गीत ‘बेशराम रंग’ परिवर्तन गरिने भएको छ । सेन्ट्रल बोर्ड फर फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले २२ डिसेम्बरमा फिल्म निर्मातालाई परिवर्तनका लागि केही सुझाव दिएको हो । ‘फिल्म रिलिज अगाडि हामीलाई परिमार्जित संस्करण बुझाउन निर्मातालाई आग्रह गरेका छौं’ पठान विवादका बिषयमा सीबीएफसीका अध्यक्ष प्रशुन जोशीले भने ।

फिल्म नजिकबाट हेरेपछि सेन्सर बोर्डले यस्तो सुझाव दिएको हो । सीबीएफसीका अध्यक्ष जोशीले सेन्सर बोर्डले सधैं रचनात्मकता र दर्शकको संवेदनशीलताबीच सन्तुलन कायम राख्ने बताए । फिल्म २५ जनवरीमा चलचित्र घरमा रिलिज हुँदैछ । ‘पठान’ विवादमा फिल्मको ‘बेशरम रंग’मा गीतमा दीपिकाले भगवा बिकिनी पनि हो । फिल्मको ओटीटी राइट्स करिब १०० करोडमा बिक्री भएको छ । विवादका बीचमा पनि ‘बेशरम रंग’ गीतले २ हप्तामा १५ करोड भ्युज पाएको छ ।

‘पठान’ मार्फत शाहरुख करिव ४ वर्षपछि ठूलो पर्दामा फर्किएका हुन् । शाहरुख यसअघि २०१८ मा फिल्म ‘जिरो’ मा देखिएका थिए । २५० करोड फिल्म निर्माणमा निर्माताले लगाएका छन् । ‘पठान’ लाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ । विश्व हिन्दू परिषद् र बजरंग दलले फिल्म गुजरातमा रिलिज भएमा कुनै अप्रिय घटना भएमा थिएटर मालिक जिम्मेवार हुने बताएका छन् ।

उनीहरु भन्छन्, ‘फिल्मको गीतलाई अश्लीलता र केसर रंग जोडेर ‘बेशराम रंग’ नाम दिइएको छ । यो गीतले बलिउडको विकृत हिन्दू विरोधी मानसिकता देखाएको छ । हामी यी दृश्यहरू सहितको फिल्म गुजरातमा रिलिज हुन दिँदैनौं ।

तपाईको प्रतिक्रिया