लोकस्टार रविराजको मुम्बईदेखि काठमाडौँसम्मको यात्रा

बुवाले घरबाट खर्च पठाउन बन्द गरेपछि रविराजले काठमाडौँमा मसला, कुरकुरे, चाउचाउहरु साइकलमा राखेर पसल पसलमा गएर बेच्न थाल्नुभयो ।

रविराज साह अर्थात रवीन्द्र साह गायन क्षेत्रमा लागेपछि उहाँका बुवा विजेन्द्र साहले उहाँसँग बोलचाल बन्द गर्नुभएको थियो । छोरा बिग्रिने भयो, छोरा पढाई लेखाई छाडेर नचनियाँ, गवैया (नाच्ने, गाउने) भयो भन्दै विजेन्द्र साहले आफ्नो छोरा रविलाई पढाई लेखाईमा डोर्याउन निकै कोशिस गर्नुभयो । तर रविराजले गीत संगितकै क्षेत्रमा रहने ठान्नु भएको थियो र बुवाको कोशिस नकाम भयो । तर आज बुवाले रविराजको काम देखेर गर्व गर्नुहुन्छ ।

सर्लाही चन्द्रनागर नागरपालिका–४ पोखरियाका ३० वर्षिय रविराज यो गायन क्षेत्रमा आउनका लागि निकै संघर्ष गर्नुभयो । र, त्यो संघर्ष अझै जारी छ । सर्लाही पोखरिया प्रावि स्कूलमा पढ्दादेखि नै उहाँ ब्याण्डबाजाहरुको साथमा गएर गीत गाउनु हुन्थ्यो । घरबाट भागेर आरकेस्ट्रा तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा गएर उहाँ गीत गाउनु हुन्थ्यो । जुनकुरा उहाँको आमा–बुवालाई मन पर्दैन्थ्यो । रविलाई सम्झाउन निकै प्रयास गर्नुभयो उहाँहरुले तर रविराज कुनै नकुनै बहानामा ब्याण्डवाजाहरुको साथमा गीत गाउनका लागि गाउँगाउँ जान जानु हुन्थ्यो ।


सर्लाहीका इश्वरनारायण सिंहले आरकेस्ट्रा चलाउनु हुन्थ्यो । रविराजले उहाँलाई आफ्नो गुरु नै मानिसक्नु भएको थियो । जतिखेर पनि इश्वरनारायणकै घरमा हुन्थ्यो रविराज । इश्वरनारायणले पनि त्यतिबेलामा रविराजमा सम्भावना देख्नुभएको थियो । एकदिन यो केटो ठूलै चमत्कार गर्छ भनि धेरैलाई उहाँले सुनाउनु हुन्थ्यो । यो कुरा उहाँले रविराजका आमा–बुवालाई पनि भन्नुभएको थियो । तर रविराजका बुवाले ‘मेरो छोरा तपाईहरु जस्तो गवैया नचैया बन्दैन’ भन्दै त्यहाँबाट समातेर ल्याउनु हुन्थ्यो । तैपनि कुनै नकुनै बहाना रविराज गाउनका लागि भागेर जानुहुन्थ्यो ।

रविराजलाई थाह थियो साइन्स गाह्रो विषय हो । यसमा नाम लेखाइयो भने त्यसका लागि समय दिनुपर्छ त्यही भएर उहाँले कमर्शमा नाम लेखाउनु भयो । यो कुराको जानकारी उहाँको घरमा थिएन ।  

दुर्गा खोभारी उच्च मावि बबरगञ्जमा पढी रहेको बेला पनि उहाँले स्कूलका हरेक कार्यक्रममा रविराजको गीत अनिवार्य जस्तै भएको थियो । उहाँलाई गीत गाउन कसैले सिकाएको होइन । रवि भन्नुहुन्छ, ‘गाउँघरमा बराती (जन्ती)को समयमा हुने नाचगान तथा ब्याण्डबाजामा गाउने गीत सुन्न मलाई निकै मज्जा आउँथ्यो म पनि यसैगरि गाउँछु भनि मेरो मनमा लागि सकेको थियो । र गाउन थाले ।’

उहाँले अगाडि भन्नुभयो, ‘गाउँघरमा आउने कुनै पनि ब्याण्डबाजामा जान्थे र मागेर गीत गाउँथे, गाउँघरमा हुने नाचहरुमा स्टेजमा गएर गीत गाउँथे, मेरो अवाजको प्रशंसा हुन्थ्यो त्यसपछि म झन उत्साहित भएर गीत गाउँथे तर बुवालाई यो सब मन परेको थिएन ।’

काठमाडौँको यात्रा
२०६४ मा रविराजले एसएलसी पास गरेपछि उहाँको बुवाले साइन्स पढ्नका लागि काठमाडौँ पठाई दिनुभयो । गाउँघरमा बसेपछि पढ्दैन, गीत नाचगानमा लाग्छ भनेर रविराजलाई टाढा भनेर पढ्नका लागि काठमाडौँ पठाई दिनुभयो । तर क्षमता र हुनरलाई कुनै छेकवार (रोकावट)ले रोक्दैन जस्तै रविराजका लागि काठमाडौँ झन राम्रो भयो । उहाँ काठमाडौँ आएर साइन्समा होइन, कमर्शमा नाम लेखाउनुभयो ।

रविराजलाई थाह थियो साइन्स गाह्रो विषय हो । यसमा नाम लेखाइयो भने त्यसका लागि समय दिनुपर्छ त्यही भएर उहाँले कमर्शमा नाम लेखाउनु भयो । यो कुराको जानकारी उहाँको घरमा थिएन । रविराजका बुवा विजेन्द्र साहलाई लागेको थियो कि छोरा साइन्स पढ्न काठमाडौं गएका छन् । साइन्स पढे्पछि डाक्टर पढाउँछु भनि धेरैलाई भनि सक्नुभएको थियो तर यता, छोरा रविराज साइन्स होइन कमर्शमा नाम लेखाएर गीत संगितको गतिविधिमा लागि सक्नुभएको थियो ।

गीत संगितमा रमाउन थालेको रविराजले कमर्शमा ब्याक लगाउनु भयो । कमर्शमा फेल भएपछि मात्र घरमा थाह भयो कि कि छोराले साइन्स होइन कमर्श पढ्न थालेको छ । दशैंमा घर गएको बेला छिमेकीहरुले पनि बुवाले त छोरा साइन्स पढ्न काठमाडौँ गएको छ, साइन्स पढेपछि छोरालाई डाक्टरी पढाउछु भन्नुभएको थियो तर तिमी त कमर्शमा ब्याक लगाएर घर फर्कियौं भनि रविराजलाई भन्न थालेका थिए ।


खर्चा पानी बन्द
गाउँभरी चर्चा थियो कि विजेन्द्रको छोरा साइन्स पढ्न काठमाडौँ गएको छ । तर गाउँका मान्छेले पनि पत्याएका थिएनन् । रविराज सानैमा गीत, संगित रमाएको कारण काठमाडौँ गएर साइन्स पढ्छ भनि धेरैले पत्याएका थिएनन् । यी कुराहरु रविराजलाई भनिरहादा नमिठो त लागेको थियो तर उहाँमा गायक बन्ने भूत सवार भएको कारणले ती सबै कुराको वेवास्ता गर्नुभयो । विजेन्द्रका दुईजना छोरा छन् । एउटालाई इन्जिनियर र अर्कोलाई डाक्टर पढाउने इच्छा थियो । तर रविराजले त्यो इच्छा पुरा हुन दिनुभएन ।

रविराजका बुवाले रिसाएर भन्नुभएको थियो, ‘तिमीलाई जे जे गर्नुछ गर, मेरो घरबाट गइहाल तिमीलाई पढ्नलाई म केही गर्न सक्दिन ।’ त्यो दिनदेखि रविराजको काठमाडौँको राशन पानी बन्द भयो । रविराज दुखी मन लिएर काठमाडौँ फर्किनुभएको थियो । रविराजका बुवाले छोरासँग बोलचाल समेत बन्द गर्नुभएको थियो ।

दशैंमा घर गएको बेला छिमेकीहरुले पनि बुवाले त छोरा साइन्स पढ्न काठमाडौँ गएको छ, साइन्स पढेपछि छोरालाई डाक्टरी पढाउछु भन्नुभएको थियो तर तिमी त कमर्शमा ब्याक लगाएर घर फर्कियौं भनि रविराजलाई भन्न थालेका थिए ।

बुवाले घरबाट खर्च पठाउन बन्द गरेपछि रविराजले काठमाडौँमा मसला, कुरकुरे, चाउचाउहरु साइकलमा राखेर पसल पसलमा गएर बेच्न थाल्नुभयो । कम्पनीबाट उहाँले महिनाको चार हजार रुपियाँ पाउनुभएको थियो भने छुट्टै कमिशन पनि आउँथ्यो । सबै मिलाएर त्यतिबेला रविराजले महिनाको १३–१४ हजार रुपियाँ कमाउनु हुन्थ्यो । उहाँलाई काठमाडौँ बस्न गाह्रो भएन तर घरमा उहाँको आमा कलावतीदेवी साहलाई चिन्ता थियो । कि घरबाट खर्चबर्च गइरहेको छैन छोरा के खाँदै होला, कसरी बस्दै होला ।

उहाँको आमाले छोरा रविराजलाई फोन गरेर हालचाल सोध्नुभयो । रविराजले नै यहाँ पसल पसल गएर मसला, कुरकुरे, चाउचाउ बेचेर गुजारा गरिरहेको छु भनि भन्नुभएको थियो । यसबाट उहाँको आमा निकै दुखि हुनुभयो । त्यसपछि आमा कलवत्तीले रविराजको बुवा विजेन्द्रलाई यो कुराको जानकारी दिनुभयो । रविराजको यो कुराले बुवा विजेन्द्र पनि दुखि हुनुभयो ।

उहाँले तत्कालै रविराजलाई फोन गरेर भन्नुभयो, ‘मैले रिस खिसमा केही भन्दिए, त्यसको कारणले तिमी काठमाडौँमा पसल पसल गएर समान बेच्न थाल्यौं, यो राम्रो होइन, काम छाड म पैसा पठाउँछु राम्रोसँग पढाईमा ध्यान दिनु गायक बन्नुछ भने बन तर पढाई पनि ध्यान दिनु ।’ त्यसपछि रविराजले पसल पसलमा समान बेच्ने काम छाड्नु भएको थियो । घरबाट पनि सहयोग हुन थाल्यो । काठमाडौँमा पनि रविराजले जानपहचान (चिनजान) बढाउनु भएको थियो ।

काठमाडौँमा गायन
कार्यक्रमहरुमा जाँदा रमा मण्डल, गुरुदेव कामत जस्ता गायकहरुसँग चिनाजान भएको थियो उहाँको । काठमाडौँमा हुने साँस्कृतिक कार्यक्रममा उहाँले भाग लिन थाल्नुभयो । त्यसबाट पनि थोरबहुत आम्दानी उहाँलाई हुन थाल्यो । त्यतिबेला मधेश आन्दोलन पनि सकिएको थियो । काठमाडौँमा मधेशीको चहल पहल बढेको थियो । प्रत्येक केही नकेही कार्यक्रमहरु हुने गथ्र्यो । त्यसमा रविराज भाग लिनुहुन्थ्यो । रानीपोखरीमा भएको छठ पर्वमा उहाँले गीत गाउने मौका पाउनु भएको थियो । त्यो पनि लास्टमा ।

रविराज भन्नुहुन्छ, ‘त्यहाँ गीत गाउनका लागि निकै प्रयास गरेको थिए मलाई अन्तिममा गीत गाउन दियो तैपनि मैले धमाल मचाई दिएको थिए, त्यहाँ सबैले मेरो प्रशंसा गर्नुभयो । त्यसपछि म झन उत्साहित भए ।’ त्यसपछिका दिनमा रविराजले बोलाएको न बोलाएको ठाउँमा गएर पनि गीत गाउन थाल्नुभयो । जहाँ जाँदा पनि उहाँले एक मौका माग्नुहुन्थ्यो र आफ्नो स्वरले मोहित सबैलाई पार्नुहुन्थ्यो ।

छोरा तिमीलाई गीत संगितमै काम गर्नुछ भने राम्रोसँग गर, यसको लागि केही पढ्नुपर्छ भने पढ यसको लागि म सहयोग गर्छु तिमीलाई मन छ भने यही क्षेत्रमा राम्रो गरेर देखाउ ।’

बुवाको ताली
बसन्धुरामा विश्वकर्मा पूजाको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम थियो । त्यहाँ रविराज पनि पुग्नुभएको थियो । काठमाडौँ आएको बेलामा साथमा उहाँको बुवा पनि पुग्नुभएको थियो । रविराजले गीत गाउन थालेपछि हलभरी ताली गुञ्जिएको थियो । उहाँको बुवाले पनि ताली बजाउनु भएको थियो । त्यतिबेला उहाँको बुवाले महसुस गर्नुभयो कि म छोराको बारेमा गलत सोच्दो रहेछु, उनले त राम्रो गरिरहेको छ ।’

त्यसपछि बुवा विजेन्द्रले रविराजलाई भन्नुभयो, ‘छोरा तिमीलाई गीत संगितमै काम गर्नुछ भने राम्रोसँग गर, यसको लागि केही पढ्नुपर्छ भने पढ यसको लागि म सहयोग गर्छु तिमीलाई मन छ भने यही क्षेत्रमा राम्रो गरेर देखाउ ।’ त्यसदिन रविराज निकै खुशी हुनुभएको थियो । त्यसपछि उहाँ खुलेर गीत संगितको क्षेत्रमा लाग्नुभयो ।

गायकको रुपमा उहाँको परिचय बन्न थाल्यो । त्यसपछि उहाँलाई कार्यक्रमको निमन्त्रणा पनि आउन थाल्यो । कोही पैसा दिएर बोलाउँथे भने कोही त्यतिकै पनि बोलाउथे उहाँलाई । तर उहाँ गीत गाउन कहि कतै हिचकिचाउनु हुन्थेन । सकेजति सबै ठाउँमा राम्रो गर्ने प्रयास हुन्थ्यो ।

रेडियो नेपालको परीक्षा
उहाँले २०६७ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिनुभयो रविराजले । उहाँले त्यहाँ पास पनि गर्नुभयो तर गायक रमा मण्डलको सुझावले रेडियो नेपालमा काम गर्नुभएन । रमा मण्डल पनि रेडियो नेपालमा नै कार्यरत हुनुहुन्थ्यो तर उहाँले रविराजलाई भन्नुभयो, ‘मैले पुरा जीवन यसैमा बिताए तर केही प्रगति भएन, यहाँ इगेंज भएर केही प्रगति हुँदैन, तिमीमा निकै सम्भावना छ, अहिले उमेर पनि बाँकी छ अझै आफूलाई निखार्नुस् यसरी कलेज क्याम्पस तथा कार्यक्रमहरुमा गाएर गायक बनिदैन यसका लागि अझै प्राइक्टिस गर्नुपर्छ ।’

रविराजको काम विहानै पत्रिका किन्ने र त्यसमा गीतको अडिसन कहाँ कहाँ छ त्यो हेरेर ती ठाउँमा जाने काम हुन्थ्यो । उहाँको देैनिकी नै त्यही भइसकेको थियो । मुम्बई अन्धेरीको प्रायः सबै स्टुडियो चक्कर उहाँले लगाउनु भयो ।

नेपाल गीत संगितका लागि सानो मार्केट हो । यहाँ बसेर केही हुँदैन बरु स्ट्रगल नै गर्नुछ भने मुम्बई (भारत)तिर जा त्यहाँ थप प्राइक्टिस गर । त्यहाँ कही गर्ने प्रयास गर, त्यहाँ केही गर्ने सम्भावना पनि छ तर यहाँ नेपालमा यसैगरि जीवन सकिन्छ’, गायक रमा मण्डलले भन्नुभएको थियो ।

मुम्बईको यात्रा
यो कुरा रविराजलाई निकै छोयो । गायन क्षेत्रमा केही गर्नुछ भनेर उहाँ नेपाल छाड्ने निष्कर्षमा पुग्नुभयो । सन् २०११ मा पहिलो पटक उहाँ मुम्बई जानुभयो । मुम्बईमा गएर ठूलो गायक बन्ने, ठूला ठूला फिल्ममा गीत गाउने सपना लिएर उहाँ त्यहाँ पुग्नुभएको थियो ।


काठमाडौँमै क्याम्पस पढ्दा भारत विहार सीतामढीका सुरज चौधरीसँग चिनजान भएको थियो । चौधरी पनि सोही क्याम्पसमा कमर्श पढ्नु हुन्थ्यो । तर उहाँले पनि बीचैमा पढाई छाडेर उहाँ पनि मुम्बई जानुभएको थियो । मुम्बई गएर रविले सुरजलाई सम्पर्क गर्नुभएको थियो । सुरजले रविराजलाई आफ्नो गाउँले साथीहरु कहाँ राख दिनुभयो । एलवेस्टरको छाना भएको फुसको घर थियो । एउटै कोठामा चार पाँचजना बस्थे ।

उनीहरुसँगै रवि पनि बस्न थाल्नुभयो । रविको खर्च सुरज नै ब्यहोर्नुहुन्थ्यो । सुरजका साथीहरु पनि रविराजलाई मन पराउनु हुन्थ्यो । उनीहरु थाकेर आएपछि रविराजले गीत सुनाएर मनोरञ्जन गराउनु हुन्थ्यो । त्यसले गर्दा उहाँहरुको बीचमा राम्रो दोस्ती भइसकेको थियो । रविराजलाई खर्च गर्न दिइरहेका थिएनन् उनीहरुले ।

त्यहाँ रविराजको काम विहानै पत्रिका किन्ने र त्यसमा गीतको अडिसन कहाँ कहाँ छ त्यो हेरेर ती ठाउँमा जाने काम हुन्थ्यो । उहाँको देैनिकी नै त्यही भइसकेको थियो । मुम्बई अन्धेरीको प्रायः सबै स्टुडियो चक्कर उहाँले लगाउनु भयो । रविराज केही समयपछि सुभाष पासी को घरमा बस्नुभयो । सुभाष पासी मुम्बईका विजनेश म्यान हुनुहुन्छ । उहाँले कलाकारलाई निकै माया गर्नुहुन्छ रे । त्यो कुरा उहाँलाई कसैले मुम्बईमा भनेको थियो ।

उहाँ सुभाष पासी कहाँ गएर ‘मै नेपाल से आया हुँ, मै गायक बन्न चाहता हुँ आपका सहयोग चाहिये’ म नेपालबाट आएको छु तपाईको सहयोग चाहियो भन्नुभएको भएको थियो । सुभाष पासीले रविलाई आफ्नै घरमा राख्नुभयो । त्यहाँ अरुअरु कलाकार पनि थिए । भोजपुरी फिल्मका निरुहुवा, रवि किशन, पवन सिंहलगायतका कलाकारहरु पनि त्यहाँ आउनु हुन्थ्यो । उहाँहरुसँग रविराजको त्यही चिनजान भएको थियो । रविराज उहाँहरुसँग विभिन्न कार्यक्रमहरुमा जानुहुन्थ्यो । त्यहाँ विभिन्न स्टेज गीत गाउनु हुन्थ्यो । उहाँको आवाजको तरिफ हुन्थ्यो । तर तारिफले भेट भर्दैन । भेटभरि खाना पनि पाउदैन्थे ।

भोजपुरी फिल्मका निरुहुवा, रवि किशन, पवन सिंहलगायतका कलाकारहरु पनि त्यहाँ आउनु हुन्थ्यो । उहाँहरुसँग रविराजको त्यही चिनजान भएको थियो । रविराज उहाँहरुसँग विभिन्न कार्यक्रमहरुमा जानुहुन्थ्यो । 

विभिन्न कार्यक्रम गर्नुको साथै ठाउँ ठाउँमा अडिशन दिन पनि जानुहुन्थ्यो । नेपालमा उहाँ तारिफ हुँदा मुम्बई गएर स्टार बन्छु भनि सपना रविराजको थियो तर त्यो सपना पुरा गर्न सजिलो छैन भनि रविराजले थाह पाइसक्नु भएको थियो ।

रविराज भन्नुहुन्छ, ‘म जहाँ जान्थे मलाई दुई लाइन गाउन लगाउथे र मेरो गीत सुनेर भन्नुहुन्थ्यो ‘बेटा और मेहनत करो’ । त्यसपछि मेरो औकात थाह भयो ।’

ब्याण्डवाजा, आर्केस्ट्रा, साँस्कृति कार्यक्रमहरुमा वाहवाही कमाएका रविराजलाई लाग्यो मुम्बई गएर सिधै फिल्ममा गीत गाउन पाइन्छ र रातारात स्टार भइन्छ । तर अडिसनमा जाँदा रविराजको आफ्नो क्षमताको पहिचान भयो । यो क्षेत्रका लागि आफू केही पनि होइन भनि रविराजले राम्रोसँग थाह पाउनुभयो । त्यहीं बीचमा उहाँको क्याम्पसमा परीक्षाको समय तालिका निस्कियो । परीक्षा दिने भनेर उहाँ काठमाडौँ फर्किनुभयो ।

काठमाडौँ आएपछि उहाँले परीक्षा दिएर गीत संगितमा लाग्नुभयो । नेपालमै काम पाउन थाल्नुभयो । कमाइ पनि राम्रै हुन थाल्यो । महिनाको ५० हजारभन्दा बढी कमाउनु हुन्थ्यो उहाँले । मुम्बईमा हुँदा नै उहाँले लागेको थियो कि थप मेहनत गर्नुपर्छ । त्यही भएर उहाँले गायन सिक्नका लागि पहिलो पटक ऋती संगित विद्यालय पुतली सडकमा नाम लेखाउनु भयो । उहाँको गुरु हुनुहुन्थ्यो, नरहरी प्रमी ।

रविराज अध्ययन गर्न थालेपछि उहाँका बुवा विजेन्द्र वैदेशिक रोजगारीमा साउदी जानुभयो । उहाँलाई लागेको थियो कि छोराहरु कमाई गर्न थालेपछि घर चल्छ तर दुईटै छोरा आआफ्नो क्षेत्रमा पढाई गरिरहेको कारण उहाँहरुको खर्चको जोहोको लागि उहाँ वैदेशिक रोजगारीमा विदेश जानु भएको थियो ।


रविराजको भाइ रमेश साह भारतको बेङ्गलोरमा इन्जिनियर पढि रहनु भएको थियो । यता, रविराजको खर्च उता रमेशको खर्च जोहो गर्न विजेन्द्रलाई घरबाट गाह्रो भइरहेको थियो । त्यही भएर वैदेशिक रोजगारमा जानुभएको थियो । रविराज भन्नुहुन्छ, ‘भाइ भारतमा, आमा घरमा, म काठमाडौँमा र बुवा साउदीमा हुनुहुन्थ्यो हामी साँच्चै त्यतिबेला स्ट्रगलमा थियौं ।’ रविराजले एक वर्ष ऋती पाठशालामा अध्ययन गर्नुभयो । त्यसपछि नरहरी प्रेमीको सुझावमा रविराज सन् २०१५ मा पुनः मुम्बई जानुभयो ।

रविराज भन्नुहुन्छ, ‘पहिलो पटक म स्टार बन्नका लागि मुम्बई गएको थिए भने दोस्रो पटक एउटा विद्यार्थीको रुपमा संगित सिक्नका लािग त्यहाँ गएको थिए ।’ मुम्बई गएर पण्डित जसराज संगित पाठशालामा नाम लेखाएर पढ्न थाल्नुभयो । ३–४ महिना पढेपछि अखिल भारतीय गन्धर्व महाविद्यालय राम्रो छ भनि थाह पाएर उहाँ त्यहाँ जानुभयो । त्यहाँ मधुसुदन आपटेसँग संगितको ज्ञान लिन थाल्नुभयो । तीन वर्ष जति त्यही महाविद्यालयमा अध्ययन गर्नुभयो । उहाँले पढाईका साथै विभिन्न सांगितिक कार्यक्रमहरुमा जान थाल्नुभयो ।

महाविद्यालयमार्फत थुप्रै कलाकारहरुसँग चिनजान भएको थियो । त्यसैको आधारमा विभिन्न प्रोग्राममा बोलाउन थाल्यो रविराजलाई । अलिअलि कमाई पनि हुन थाल्यो । मुम्बईमा बस्ने खाने समस्या उहाँलाई भएन । त्यहाँ उहाँ रौतहटका रुद्रनारायण तिवारी र भारत विहारका रुपेश झासँग चिनजान भएको थियो । उहाँ तीनैजना सँगसँगै बस्न थाल्नुभयो । त्यही प्रवेश मल्लिकसँग पनि चिनजान उहाँको भएको थियो ।

भाइ भारतमा, आमा घरमा, म काठमाडौँमा र बुवा साउदीमा हुनुहुन्थ्यो हामी साँच्चै त्यतिबेला स्ट्रगलमा थियौं ।’ रविराजले एक वर्ष ऋती पाठशालामा अध्ययन गर्नुभयो ।

प्रवेश मल्लिकले पनि उहाँलाई हौसला नै दिनुभएको थियो । रविराजलाई गीत संगितमा सहयोग गरिरहनु भएको थियो । रविराजको प्रगति नै थियो । मुम्बईमा उहाँ विस्तारै आफ्नो ठाउँ बनाई रहनु भएको थियो ।

लोकस्टारका स्टार
सन् २०१९ मा रविराजलाई नेपालबाट नरहरी प्रमीको एउटा म्यासेज गयो कि नेपालमा लोकस्टार रियालिटी टिभी .्(एपी वन टीभी) शो कार्यक्रम हुँदैछ । त्यसमा तराई मधेशबाट पनि पार्टिसिपेट गर्न सकिन्छ । त्यसमा तराई मधेशको गीत पनि चाहिन्छ । अडिशन चलिरहेको छ, सक्छौ भने आउ नत्र त्यहीबाट अडिशन देउ ।’ हतार भएको कारण रविराज त्यहाँबाट आउन सक्नु भएन तर उहाँले आफ्नो गीत रेकर्ड गरेर पठाई दिनुभयो । अर्थात डिजिटल अडिशन दिनुभयो ।

त्यसैलाई मान्याता दिएर उहाँलाई लोकस्टारका लागि छनौट गर्यो । लोकस्टारका लागि छनौट भएपछि उहाँ नेपाल फर्किनुभयो ।

त्यो लोकस्टारमा उहाँले राम्रै काम गर्नुभयो । उहाँले गाउने गीतको चौतर्फी चर्चा हुन थाल्यो । लगभग हरेक भाषाका लोकगीतहरु उहाँले गाउनुभयो । उहाँको पोजिशन राम्रै गइरहेको थियो । बेलाबेलामा उहाँ विवादमा पनि पर्नुभयो । मधेशी भनेर त्यहाँ हेप्ने काम पनि भयो । तैपनि उहाँले हिम्मत हार्नुभएन ।

लगनशिलताका साथ काममा लागि रहनुभयो । तर उहाँ छैठो पोजिसनसम्म मात्र पुग्नुभयो । यहाँ नेपालमा छोरा लोकस्टारमा राम्रो गरिरहँदा उता साउदीमा बुवाको मन खुशी थियो । काम गर्ने ठाउँमा उहाँलाई छुट्टै सम्मान गर्न थाल्यो । कम्पनीका मालिकले पनि उहाँलाई सम्मानजनक व्यवहार गर्न थालेका थिए ।


उहाँ भन्नुहुन्छ, ‘म त्यहाँ जित्न नसकेपनि म विश्वमा चिनिएको छु, मलाई सबैले एउटा गायकको रुपमा चिन्न थालेको छ त्यो नै मेरो लागि सबभन्दा ठूलो जित हो ।’ लोकस्टारबाट बाहिरिएपछि उहाँलाई कामको ओइरो लाग्यो । देश विदेशबाट उहाँलाई कार्यक्रमका लागि बोलाउन थाल्यो । भिजिट मधेशले उहाँलाई साँस्कृतिक राजदूत बनायो । मलेसियालगायत विभिन्न देशमा गएर उहाँले कार्यक्रमहरु गर्नुभयो । तराई मधेशको कला सँस्कृतिलाई जगेर्ना गरेको भन्दै मधेश सरकारले उहाँलाई पाँचलाख रुपियाँसहित सम्मान पनि गरेको थियो । मेधश प्रदेशको सबभन्दा ठूलो राशीको सम्मान त्यही नै थियो ।

‘म त्यहाँ जित्न नसकेपनि म विश्वमा चिनिएको छु, मलाई सबैले एउटा गायकको रुपमा चिन्न थालेको छ त्यो नै मेरो लागि सबभन्दा ठूलो जित हो ।’ लोकस्टारबाट बाहिरिएपछि उहाँलाई कामको ओइरो लाग्यो । 

उहाँ नेपालमा यति व्यस्त हुनुभयो कि मुम्बई फर्किने अवस्था नै आएन । मुम्बई फर्किने गरि उहाँ नेपाल आउनु भएको थियो । तर उहाँ नेपालमा स्टार बन्नुभयो । विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाले उहाँलाई सम्मान गर्नुको साथै काम दिन थाल्यो । लण्डन, बंगलादेश। अमेरिकालगायतका देशमा कार्यक्रमका लागि जाने तयारी थियो उहाँको । तर त्यही बीचमा कोरोना महामारी सुरु भयो । सबै कार्यक्रम रद्द भयो ।

उहाँ गाउँ फर्किनुभयो । गाउँमा उहाँ तीन महिना बस्नुभयो । कोरोना केही समान्य भएपछि काठमाडौँ फर्किनुभयो । केही कामहरु सुरु भयो । छठलगायतका पर्वहरुको गीत रेकर्डिङ गर्ने काम आएको थियो । तर त्यही बीचमा उहाँको जीवनमा यस्तो घटना भयो कि उहाँको सबै काममा ब्रेक लाग्यो ।


घटनाबाट बाहिर आएपछि उहाँ पुनः आफ्नो काममा लाग्नुभएको छ । हालसम्म उहाँले पाँचसय भन्दा बढी स्टेज शो गरिसक्नु भएको छ भने दुई दर्जनभन्दा बढी हिन्दी, नेपाली, मैथिली, भोजपुरी भाषाका गीत गाउनुभएको छ । उहाँले आफ्नै कम्पनी सवरंग मल्टी मिडिया ग्रुप दर्ता गराउनु भएको छ ।

उहाँले त्यसैमार्फत आफ्ना नयाँ नयाँ काम अगाडि बढाउने सोचमा हुनुहुन्छ । उहाँले लोकसँस्कृति, आधुनिकलगायतका गीत गाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘म थोरै गीत गाउँछु तर आफ्नो काला सँस्कृति, परम्पारा, लोकलाजलाई ख्याल गरेर गाउछु ।

चर्चा पाउनका लागि जे पाए त्यही गीत कहिले गाइनन् र आउने दिनमा पनि गाउदिन ।’ उहाँ गीत गाउनुको साथै गीत कम्पोज पनि गर्नुहुन्छ । सगितकार संघ, पर्फमर सोसाइटी र रोयल्टी संकलन समाजकाका सदस्य पनि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया