Khadya Bibhag

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्दा चिनियाँ राजदूतको आगमन

काठमडाौँ पुस २४ गते । नेपालका लागि चिनियाँ र।जदूत छन सोङ आज नेपाल आउँदै हुनुहुन्छ । उहाँ आज ११.३० बजेको फलाइटबाट नेपाल आइपुग्नु हुनेछ । अन्तरराष्ट्रि विमानस्थल स्रोतका अनुसार उहाँ एअर चाइनाको नियमित उडान नम्बर सीए ४३७ बाट काठमाडौं आइपुग्नु हुनेछ ।

नयाँ सरकार गठन गर्ने दिन नै उहाँ नेपाल आउनुपर्ने तय भएको थियो तर जब देशको राजनीतिमा उथल पुथल भयो अनि उहाँ नेपाल आउने क्रमक्रम क्यान्सिल गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसको दुई दिनअघि राजदूत सोङ नेपाल आउन लाग्नुभएको हो । वर्तमान सरकार चीनको सहयोगमा बनेको चर्चा छ ।

परराष्ट्रका डेपुटी चीफ प्रोटोकोलसहित राजदूत छनको स्वागतमा दूतावासका आधा दर्जन कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुग्ने क्रम सुरु भएको छ । विमानस्थलसम्म पुग्नेहरुमा काउन्सिलर कार्यवाहक राजदूत वाङ सिन,कमर्सियल हेर्ने सि यु,डिफेन्स एट्याची कर्णेल लिउ कोचङ,पोलिटिकल सेक्रेटरी यु पङचङ,प्रथम सचिव चाङ ख, नेपाली बोल्ने लिउ बोवेन र तृतीय सचिव लिउ चेलगायतका रहेका छन् ।

तपाईको प्रतिक्रिया