काठमाडौँ माघ ५ गते । प्रतिनिधिसभाको सभामुख पदमा एमालेका उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँलाई मतदान गर्ने पक्षमा १६७ मत खसेक थिए भने विपक्षमा १०० मत खसेका थिए । मतदानमा २६८ले भाग लिनुभएको थियो । एक जनाले तटस्थ बस्नु भएको थियो ।
मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभयोे । घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने हुनुहुन्थ्यो । नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृृृृृत समाजवादीका नेता प्रकाश ज्वाला हुनुहुन्थ्यो ।
एमालेका घिमिरेलाई सत्ता साझेदार एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्तवन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।


तपाईको प्रतिक्रिया