माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै एक भारतीय टेलिभिजनलाई अन्तरवार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारत हुने घोषणा गर्नुभएको थियो । चीनको सहयोगमा प्रधानमन्त्री बन्नु भएका प्रचण्डले भारतलाई खुश गर्नका लागि त्यो घोषणा गर्नुभएको थियो । जब कि भारतले भ्रमणको बारेमा न कुनै निमन्त्रणा दिएका थियो न कुनै चासो लिएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत प्रधानमन्त्री प्रचण्डलाई बधाई दिनुभएका थियो । पछि फोन गरेर नै बधाई दिनुभयो तर भ्रमणका लागि कुनै निमन्त्रणा दिनुभएन ।
त्यसपछि प्रचण्डले लगातार आफ्नो पहिलो विदेश भ्रमण भारत हुने भनेपछि यसको पहल सुरु भएको हो । भारतले पनि प्रचण्डलाई भ्रमण गराउने तयारी थालेको छ । भारतका विदेश सचिव विनयमोहन क्वात्रा प्रधानमन्त्री प्रचण्डलाई भ्रमणका लागि निमन्त्रणा दिन नेपाल आउन लाग्नु भएको छ । जनवरीको अन्तिममा उहाँ नेपाल आउने र प्रधानमन्त्री प्रचण्डलाई भेटेर भारत भ्रमणको निमन्त्रणा दिने स्रोतले जनाएको छ ।
उता, चीनले पनि प्रचण्डलाई भ्रमण गराउने पहल थालेको छ । हालै आएका नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पनि त्यो पहल थाल्नी गर्नुभएको छ । स्रोतका अनुसार चीनले सकभर प्रचण्डलाई भारत जानबाट रोक्ने र पहिलो भ्रमण आफ्नो देशमा गराउने तयारीमा लागेको छ । त्यसका लागि चिनियाँ राजदूतावासका प्रतिनिधिहरु माओवादी केन्द्रका नेताहरुसँग सो छलफल चलाएको छ तर पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले नै पटक पटक आफ्नो पहिलो भ्रमण भारत हुने भनिसकेपछि चीनको पहल सफल नहुने सम्भावना रहेको छ यद्यपी चीनले पनि कसरतमा लागेको बुझिएको छ ।
तपाईको प्रतिक्रिया