भारतीय दूतावासले मनायो ७४ औं गणतन्त्त दिवस

काठमाडौँ माघ ७ गते । नेपालस्थित भारतीय दूतावासले भारतको ७४ औं गणतन्त्र दिवस मनाएको छ । भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपाल बीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन नेपालस्थित भारतीय राजदूतावासले माघ ६ गते ‘सङ्गीत सुकुन’नामक एक साङ्गीतिक कार्यक्रमको आयोजना गर्यो । भारतीय साङ्गीतिक समूह कर्नाटिक २.० र नेपाली साङ्गीतिक समूह कुटुम्बले उक्त कन्सर्टमा आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाज वादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी तथा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको उपस्थिति थियो ।

सो कार्यक्रममा कर्नाटिक २.० साङ्गीतिक समूहले परम्परागत कर्नाटक राग र पुराना बलिउड गीतलाई आधुनिक शैलीमा प्रस्तुत गर्यो । त्यस्तै नेपाली साङ्गीतिक समूह कुटुम्बले नेपाली मौलिक सङ्गीत प्रस्तुत गर्यो । दुई साङ्गीतिक समूहले “तालको पानी माछीले खानी…” बोलको नेपाली लोक गीत पनि एक साथ प्रस्तुत गरेका थिए ।

भारतीय साङ्गीतिक समूह कर्नाटिक २.० ले कर्नाटक सङ्गीतको विभिन्न रागलाई पश्चिमा सङ्गीतसँग संयोजन गरी सङ्गीतमा नयाँ प्रयोग गर्दै आएको छ । कुटुम्ब विभिन्न नेपालीलोक बाजाप्रयोग गरी नेपालीमौलिकसङ्गीतलाई संरक्षण एवम् प्रवर्धन गर्न समर्पित साङ्गीतिक समूह हो । कर्नाटिक २.० ले आज पाटन दरबार स्क्वायरमा साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया