काठमाडौँ माघ ७ गते । जनमत पार्टी सरकारमा रहने नरहने विषयामा भोली टुगों लाग्नेछ । जनमत पार्टीले उद्योग, वाणिज्य, आपूर्ती मन्त्रालय दिनुस् या खानेपानी मन्त्रालयसँग थप एउटा मन्त्रालय दिनुसु भनि माग गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यस बारे निर्णय गर्ने समय आइतवारसम्मका लागि दिन भन्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले जनमतलाई दुईटा मन्त्रालय दिन तयार हुनुभएको छ तर युवा तथा खेलकुद मन्त्रालय दिने कि वन मन्त्रालय दिने त्यसको बारेमा छलफल गर्न आइतवारसम्मको माग्नु भएको जनमत पार्टीका उपाध्यक्ष समेत रहनु भएका खानेपानी मन्त्री अब्दुल खानले बताउनुभयो ।
मन्त्रालय बाँडफाँटमा जनमतले खानेपानी पाएको छ । जनमतले उद्योग मन्त्रालय दिने सहमति भएको कारण खानेपानी मन्त्रालयको कार्यभार मन्त्री खानले सम्हाल्नु भएको छैन ।
जनमत पार्टीका सांसद एवं खानले सरकारमा रहने वा नरहने भोलि आइतवार टुगों लाग्ने बताउनुभयो ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले जनमत पार्टी सरकारमा रहने वा नरहने विषयमा भोली मात्र निर्णय लिने बताउनुभयो ।
मन्त्रालयको बारेमा विभिन्न विकल्पमा छलफल भइरहेको बताउँदै उहाँले अरु थप मन्त्रालय दिने कुरा भएको छ, यसको टुगोंं भालीसम्म लाग्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया