भारतीय दूतावासले सम्पन्न गर्यो दौड

काठमाडौँ माघ ७ गते । भारतीय राजदूतावासले वतावरणका लागि जीवन शैलीको अवधारणालाई प्रवद्र्धन गर्न पाँच किलोमिटर दौड सम्पन्न गरेको छ ।

“आजादीका अमृत महोत्सव” अन्तर्गत सो दौड सम्पन्न गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झण्डा देखाई दौडको सुरुवात गर्नुभएको थियो ।
सो दौडमा कलाकार प्रदीप खड्का, पर्वतारोहीद्वय पूर्णिमा श्रेष्ठ र कल्पना महर्जन र नेपालका प्रथम ‘आइरन म्यान’ उपाधी विजेता आलोक खत्री लगायत एक हजार जनाको सहभागिता रहेको जनाएको छ ।

दौड पूरा गर्ने शीर्ष पुरुष तथा महिलालाई मन्त्री किराँती र राजदूत श्रीवास्तवले रिसाइकल गरि बनाइएको धातुबाट निर्मित लाइफ पदक तथा विरुवा प्रदान गरि सम्मान गरे ।

जलवायु परिवर्तन विरुद्ध व्यक्ति, परिवार तथा समुदायस्तरबाट भएका संयुक्त प्रयास एवम् योगदानलाई प्रवर्धन गर्ने उद्देश्यले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ अक्टोबरमा संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको समुपस्थितिमा शुुभारम्भ गर्नुभएको थियो ।

विश्वभरका मानिसलाई सरल एवम् वातावरण मैत्री जीवनशैली अपनाउन प्रोत्साहन गर्नु यसको उद्देश्य रहेको दूतावासले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया