Khadya Bibhag

बाराबाट निर्वाचित स्वतन्त्र सांसद जसपा प्रवेश

मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद सरदा शंकर प्रसाद कलवार जनता समाजवादी पार्टी, नेपाल प्रवेश गर्नुभएको छ ।

बारा जिल्लाको निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गर्नुभएको छ । उहाँले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बलबीर चौधरी र माओवादीका उम्मेदवार मोतिलाल कुश्वाहालाई पराजित गर्नुभएको छ ।

जनता समाजवादी पार्टी, नेपालबाट बागी उम्मेदवार बनेका कलवार आइतबार आफ्नै पार्टीमा फर्किनु भएको छ । मधेश प्रदेशका अर्थ तथा योजना मन्त्री सञ्जयकुमार यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले उहाँलाई पार्टी प्रवेश गराउनुभयो ।

यससँगै मधेश प्रदेशमा जसपाको सांसद संंख्या १९ पुगेको छ ।

तपाईको प्रतिक्रिया