Khadya Bibhag

तीन मिनेटको डान्समा लागि दुई करोड भारु

उर्वशी रौतेलाले जनवरी १३ मा रिलिज भएको चिरञ्जीवीको फिल्म वाल्टेयर वीरैयामा आइटम नम्बर गरेबापत करोडौँ पारिश्रमिक लिएकी छिन् । उनले तीन मिनेटको गीत ‘बस पार्टी’ मा नाच्नका लागि २ करोड भारु शुल्क लिएकी हुन् । फिल्मका खलनायक प्रकाश राजले भने उर्वशीले जति शुल्क पनि लिएका छैनन् । प्रकाश राजले भिलेनको भूमिका निभाउन १.५ करोड भारु पारिश्रमिक लिएका छन् । चिरञ्जीवी र उर्वशीको अभिनय रहेको यो भिडियो गीतले राम्रो चर्चा पाइरहेको छ भने फिल्मको कमाई पनि उत्कृष्ट रहेको छ ।

रिपोर्टका अनुसार चिरञ्जीवीले फिल्म वालटेयर वीरैयामा काम गरेबापत करिब ५० करोड भारु लिएका छन् । उता फिल्मका अर्का मुख्य कलाकार रवि तेजाले १७ करोड पारिश्रमिक लिएका छन् । फिल्मकी अभिनेत्री श्रुति हासनले २.५ करोड भारु पारिश्रमिक लिएकी छिन् । तर, बुझ्नु पर्ने कुरा के छ भने उर्वशीले ३ मिनेटको डान्स नम्बरका लागि २ करोड भारु पाएकी छिन् । वाल्टेयर वीरैयाएक एक्सन ड्रामा फिल्म हो । फिल्ममा चिरञ्जीवी डनको भूमिकामा छन् भने रवि तेजाले एसीपी विक्रम सागरको भूमिका निभाएका छन् ।

तपाईको प्रतिक्रिया