काठमाडौँ फागुन ४ गते । जनता समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा फागुन ७ गते बस्ने सो बैठकमा देशको समसामयिक राजनीतिक अवस्थालगायत विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयासको विषयमा छलफल हुने बताइएको छ ।
जसपाले नेकपा एकीकृत समाजवादीलगायत नागरिक उन्मुक्ति पार्टीसँग एकताको प्रकृया अगाडि बढेको छ ।


तपाईको प्रतिक्रिया