काठमाडौँ फागुन २८ गते । निर्वाचन आयोगले उपराष्ट्रपति चुनावका लागि जिम्मेवारी तोकिएको निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले राष्ट्रपति र उपराष्ट्रपतिमा एक जना महिला नै हुनुपर्ने भन्ने संविधानको आशय नरहेको निर्णय सुनाउनु भएको छ । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी दर्ता गरेका रामसहाय प्रसाद यादवविरुद्ध एमालेका उपराष्ट्रपति उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका उपराष्ट्रपति उम्मेवार ममता झाले गरेको दाबी विरोधमाथि फैसला गर्दै निर्वाचन अधिकृत पौडेलले दुवैजनाको दाबी विरोधको दाबी पुग्न नसकेको भन्दै जसपाका राम सहाय यादवको उपराष्ट्रपत्तिको पदको उम्मेदवारको मनोनयनपत्र खारेज गर्नुपर्ने नदेखिएको निर्णय गर्नुभएको छ ।
यस्तो छ निर्णयको पूर्णपाठः










तपाईको प्रतिक्रिया