गरिबी निवारणका लागि ल्याएको लघुवित्तको अवधारणा अहिले गरिबमारा भएको छ । बंगलादेशमा सफल भएको यो लघुवित्तको अवधारणा २०५६ मा नेपालमा ल्याइएको हो । नेपाल राष्ट्र बैंकले २०५६ मा बंगलादेशका बैंकर तथा सामाजिक व्यवसायी मोहम्मद युनुसको अवधारणामा त्यहाँ सफल भएको लघुवित्त कार्यक्रम नेपालमा पनि सुरू ग¥यो । बंगलादेशमा सफल भएको छ, त्यहाँका गरिबी निवारणमा लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको छ ।
तर यहाँ नेपालमा गरिबलाई मार्ने काम गरेको छ । अहिले लघुवित्त खारेज नै हुनुपर्छ भनि आवाज उठ्न थालेको छ । गाउँदेखि सहर, सहरदेखि राजधानीसम्म लखुवित्तको विरुद्ध आन्दोलन भएको छ । मिटरव्याजी तथा सुदखुरको आन्दोलनभन्दा यो कडा आन्दोलन भइरहेको छ । लघुवित्तबाट पिडित भएकाहरु काठमाडौँसम्म आइपुगेका छन् । उनीहरु आफ्नो पीडा सुनाई रहेका छन् । उनीहरुको पीडा सुन्दा लघुवि त्त नै दोषी रहेको भान हुन्छ । लखुवित्त संस्थाको कुरा सुन्दा ऋणीहरु नै दोषी रहेको भान हुन्छ । अर्थात दोषी दुवै छन् । कोही बढी दोषी छन् भने कोही कम । तर दोषी दुबै छन् ।
लघुवित्तले प्रतिस्पर्धामा ऋण लगाउँछन् । एउटा कुनै लघुवित्त संस्थाले कुनै ऋणीलाई २० हजार रुपियाँ दिएका छन् भने अर्को लघुवित्तले ५० हजारदेखि एकलाखसम्म ऋण दिन्छन् । एउटै ऋणिले एक संस्थाभन्दा बढी ठाउँबाट ऋण लिएका छन् । र, त्यो ऋण त्यहीं लघुवित्तबालाहरुले उपलब्ध गराएका हुन्छन् ।
लघुवित्तहरुले ती कुरा थाह पाइ पाई दिइरहेका हुन्छन् । फलानोले यतिमात्र दिएको छ, आउनुस् हामी यति दिन्छौं भनेर आफूतिर तानेका हुन्छन् । ऋणीहरुलाई पनि के चाहियो जहाँ जहाँबाट ऋण दिएका हुन्छन् ती सबै ठाउँबाट उठाउँछन् । मानौ यो ऋण तिर्नै पर्दैन । ऋण लिने बेलामा यो पछि तिर्नु पनि पर्छ भनि सोचका साथ लिए भने समस्या हुँदैन तर त्यो सोचाई धेरैमा हुँदैन ।
जब त्यहीं ऋणको ब्याज बढ्न थाल्छन्, समयमा व्याज बुझाउँदैन र रकम बढ्दै गएपछि औकातभन्दा बढी रकम हुनजान्छ र तिर्न नसक्ने अवस्था आएपछि लुक्न थाल्छन्, फोन अफ गर्न थाल्छन्, घर छाडेर हिड्न थाल्छन् । त्यसपछि लघुवित्तका कर्मचारीले सोधखोज गर्न थाल्छन् । राती राती घरमा आइपुग्छन् । तिर्न आनाकानी गर्न थालेपछि मालवस्तु उठाउन थाल्छन् ।
गाउँघरमा गरिब घरविरवारलाई पैसाको खाँचो हुन्छ र त्यसको फाइदा लघुवित्तबालाहरुलाई उठाइ रहेका हुन्छन् । खासगरि लघुवित्तबालाहरुले महिलालाई टार्गेट गरेका हुन्छन् । दुई चारजना महिला कही फेला पार्यो कि त्यहाँ सदस्य बनाई हाल्ने, ऋण प्रवाह गरिहाल्ने हतारमा हुन्छन् लघुवित्तबालाहरुलाई । ब्याज त चर्को हुन्छ नै त्यसमा पनि सेवा शुल्क, अन्य के के शुल्क भनेर ३५–३६ प्रतिशत व्याज बुझाउनु पर्ने हुन्छ । कसैले एक लाख रुपियाँ लिएका हुन्छन् भने त्यसबाट एक किस्ता तथा अन्य शुल्कहरुले काटेर ऋणीको हातमा ८०–८५ हजार रुपियाँ दिएका हुन्छन् । तर व्याज एक लाख रुपियाँकै लिइरहेका हुन्छन् । बीच बीचमा पनि के के शुल्कहरु जोडिरहेका हुन्छन् ।
ग्रामिण भेगमा चल्ने यस्ता लघुवित्तबालाहरु खासै कानुन नियमको पालना गरेका हुँदैनन् । अशिक्षितहरुलाई भेला पारी विभिन्न लोभ देखाएर सदस्य बनाएका हुन्छन् । र, उनीहरुबाट रकम उठाई रहेका हुन्छन् । पढे लेखेका तथा चेतना भएका कुनै पनि व्यक्ति लघुवित्तमा अल्झेको देखिदैनन् ।
गरिब, असहाय, अशिक्षितहरु मात्र त्यसमा हात हालेका हुन्छन् । त्यसैले लघुवित्तको अनुगमन गर्नुको साथै त्यसको कारोबार पारदर्शी बनाउनुपर्छ । सदस्यहरूलाई वित्तीय साक्षरता दिने र व्यावसायिक सोच विकास गराएर बल्ल लगानी गर्नुपर्नेमा त्यसो नभएकाले पनि समस्या देखिन थालेको छ ।
जब क्षमता नभएकाहरूमा समेत लगानी भयो वा लगानी आवश्यकता भएकालाई पनि चाहिनेभन्दा बढी भयो, समस्या बल्झिँदै गएको छ । समास्यालाई समाधान गर्नका लागि अनुगमन आवश्यक र सदस्यलाई शिक्षा दिनु अनिवार्य भएको छ ।
तपाईको प्रतिक्रिया