काठमाडौँ चैत ६ गते । नव निर्वाचित उपराष्ट्रपति रामसहाय यादवले जनता समाजवादी पार्टीबाट दिएको राजिनामा स्विकृत भएको छ ।
जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भइसकेपछि हिजो चैत ३ गतेदेखि लागु हुने गरि आफ्नो पार्टीमा साधारण सदस्य समेत नरहने गरि पदबाट राजिनामा दिनुभएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उहाँको राजिनामा स्विकृत गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले बताउनुभयो ।
चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित रामसहाय यादवले आज सपथग्रहण गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया