उपनिर्वाचनका लागि जसपाले सुरु गर्यो बारामा छलफल

बारा चैत १० गते । जनता समाजवादी पार्टी नेपालले बारा २ मा हुने उपनिर्वाचनको तयारी सुरु गरिसकेको छ । जसपाका मधेश प्रदेश समितिले बारा–२ मा छलफल सुरु गरेका छन् । आज मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवको अगुवाईमा विभिन्न भेटघाट तथा छलफलहरु गरेको छ ।

बैठकमा अगामी बैशाख १० गते उपनिर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने लगभग निश्चित छ । त्यसैको बारेमा छलफल गर्न जसपाले क्षेत्रमा छलफल सुरु गरेको छ । आज करैयामाई र पचरौतामा छलफल गरेको छ । बैठकमा अगामी बैशाख १० गते हुन गइरहेको उपचुनावमा केन्द्रीत रहेर छलफल भएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरु उत्साहित भएका छन् ।

तपाईको प्रतिक्रिया