बारा २ को उपनिर्वाचनमा काँग्रेसले उपेन्द्र यादवलाई सघाउने
११ चैत्र २०७९, शनिबार २०:५२
काठमाडौँ चैत ११ गते । बारा २ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई नेपाली काँग्रेसले सहयोग गर्ने भएको छ ।
बारा २ मा हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने भएको छ । आज बसेको काँग्रेसको पदाधिकारी बैठकले बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको स्रोतले जनाएको छ ।
#comgresh#co
मंसिर ४ मा भएको निर्वाचनमा पनि बारा–२ मा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको थिएन । माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई समर्थन गरेको थियो ।
बारा २ लगायत चितवन २ र तनहुँ १ मा बैशाख १० गते चुनाव हुँदैछ । सो चुनावको बारेमा सत्ता गठबन्धनले हालसम्म कुनै निर्णय गरेको छ । काँग्रेसको पदाधिकारी बैठकले सहयोग गर्ने निर्णय गरिसकेको छ । नेकपा एकीकृत समाजवादी लगभग सहयोग गर्ने भइसकेको छ । माओवादी केन्द्रको पनि औपचारिक निर्णय आउन बाँकी छ ।
यता सत्ता गठबन्धनकै जनमत पार्टी र लोसपाले उम्मेदवारी दिने निर्णय गरिसकेको छ भने नागरिक उन्मुक्ति पार्टीको निर्णय बाहिर आएको छैन ।
तपाईको प्रतिक्रिया