नेपालगञ्जमा मुख्य कार्यालय रहेको बास–नेपालको सिरहामा जिल्ला समिति गठन भएको छ । सूचनाको हकका अभियन्ता परशुराम साहको अध्यक्षतामा सिरहाको गोलबजारमा बसेको बैठकले गोबिन्दराज बिष्टको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा शिवराम ठाकुर, सचिवमा भोगेन्द्र साह, सह–सचिवमा राम इश्वर यादव, कोषाध्यक्षमा गीता कुमारी साह र सदस्यहरुमा योगेन्द्र प्रसाद यादव, कबिता थापा, मो नूरमुहम्मद दफाली र कृतिका थापा चयन भएका छन् । समितिका सल्लाहकारमा सूचना हकका अभियन्ता साहलाई सर्वसम्मतिले चयन गरिएको छ ।
तपाईको प्रतिक्रिया