एक गृहणीबाट मोडलिङमा प्रवेश गर्नुभएका अनिता यादव राजनीति गर्ने सोच बनाउनु भएको छ । मोडलिङ र सामाजिक कार्यमा व्यस्त रहनु भएका अनिता यादव बाँकी समय राजनीतिमा दिने सोच बनाउनु भएको छ । धनुषा सबैलाका अनिता यादव मोडेल इरा सेसन–४ का लागि आयोजना हुने ‘मिसेज द नेशन २०२३’ कार्यक्रमको ब्राण्ड एम्बेस्डर पनि बन्नुभएको छ । २०१८ मा भएको मिस नेपालमा रनर अप सकेण्डका उपाधि समेत पाउनु भएका अनिता मोडलिङलाई निरन्तरता दिँदै राजनीतिमा पनि सक्रिय हुने सोच बनाउनु भको छ ।
२०७४ मा सबैला नगरपालिकाको मेयरका लागि तत्कालिन नयाँ शक्तिबाट टिकट समेत पाइसक्नु भएका अनिताले अन्त्यमा चुनाव लड्नु भएन । २०७९ मा नेकपा (एस) को तर्फबाट प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार बन्नुभएका अनिताले भविष्यमा राजनीति गर्ने सोच बनाउनुभएको छ ।
सामाजिक तथा राजनीतिबाट मधेशी महिलाका लागि केही गर्ने सोच बनाउनु भएका अनिता यादवले घडी तथा गाडीको विज्ञापनमा अभिनय गर्नुभएको छ । फिल्म तथा म्युजिक भिडियोमा काम नगर्ने सोच बनाउनु भएका उहाँले महिलालाई ३३ प्रतिशत होइन ५० प्रतिशत अधिकार दिनुपर्ने बताउनुभयो । मधेशमा शिक्षा हासिल अब आ–आफ्नो छोरीलाई पनि छोरा सरह गराउन सक्दो उच्चस्तरीय ठाउँमा र विभिन्न प्रतियोगिता कार्यक्रममा खुल्ला रूपमा छोरीलाई पनि भाग लिन हौसला बढाउन उहाँले आग्रह गर्नुभएको छ ।
ज्वाइँले छोरी पाल्ने होइन, छोरीले पनि ज्वाइँ पाल्न सक्छ भनि सन्देश दिन समाजमा आवश्यक रहेको बताउँदै उहाँले महिलाले आफूलाई श्रीमानबाट होइन, आफूबाट पनि श्रीमानलाई परिचित गराउन सक्नुपर्ने हैसियत बनाउनुपर्ने सुझाव दिनुहुन्छ ।
सर्लाहीको मदनपुर हाइस्कुलबाट एसएलसी गर्नुभएका अनिता धनुषाको सरस्वती महिला कलेजबाट ब्याचलरसम्म पढ्नु भएको छ । धनुषाका इन्जिनियर नन्द किशोर यादवसँग विहे गर्नुभएका अनिता यादव विहेपछि मात्र मोडलिङमा लाग्नु भएको छ । त्यसले गर्दा अनिताबाट अन्य महिला पनि प्रभावित हुने गरेका छन् । अनिताका दुईजना छोरा–छोरी छन् ।
तपाईको प्रतिक्रिया