कल्याणपुर नगरपालिकाका कार्यालय प्रमुखले आफैले आफूलाई सूचना अधिकारी तोक्नु भएको छ । सूचना हकका अभियन्ता परशुराम साहले कल्याणपुर नगरपालिकाका सूचना अधिकारीको विवरण माग गरेपछि कार्यालय प्रमुख बिष्णुरञ्जन बरालले आफू नै सूचना अधिकारी रहेको ब्यहोरा लिखित जानकारी गराउनु भएको छ ।
सूचना हकका अभियन्ता साहका अनुसार कार्यालयले २०७९ सालमा शितलहरको प्रकोपबाट जोगाउन दाउरा र कम्बल खरीदमा नगरपालिकाको बजेटबाट २३ लाख ३६ हजार ४२ र वडा कार्यालयको बजेटवाट १८ लाख ५१ हजार ३३६ खर्चेको बिबरण उपलब्ध गराएको छ ।
प्रतिवेशन प्रकाशन गर्न निर्देशन
सिरहा जिल्लास्थित कार्यालयहरुको सूचना अधिकारीहरुको तेस्रो त्रैमासिक बैठकबाट सिरहाका सिडियो भोजराज खतिवडाले फाल्गुन महिनाको मासिक प्रतिबेदन र तेस्रो त्रैमासिकको स्वतः प्रकाशन गर्न निर्देशन जारी गर्नुभएको छ ।
२०६४ सालमा बनेको सूचनाको हक सम्बन्धी ऐन यतिबेला सिरहामा कार्यान्वयन हुन लागेको र ती कानूनको कार्यान्वयनमा सूचना हकका लागि अभियानमा लागेका अभियानकर्ता परशुराम साहको कारण सम्भव भएको हो ।
फाल्गुन महिनाको मासिक प्रतिबेदन र तेस्रो त्रैमासिकको स्वतः प्रकाशन, सूचना अधिकारीहरुको फ्लेक्स बोर्ड झुण्ड्याउने, कार्यालय प्रमुख आफै सूचना अधिकारी नभइ स्थायी कर्मचारीलाई तोकी जानकारी गराउने, कार्यालय प्रमुख, लेखाप्रमुख र प्राबिधिक प्रमुखले कार्यालयको सूचना अधिकारीलाई उपलब्ध गराउने, सूचना अधिकारीलाई सीमकार्ड र सोमा लाग्ने रिचार्जका लागी खर्च उपलब्ध गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिराहाका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी भवेश झाले बताउनुभयो । सूचना हकका अभियन्ता साहले सिराहाका सूचना अधिकारीहरुको बैककबाट भएको निर्णय कार्यान्वयन भए न भएको बुझ्न सूचना माग गर्ने भएको छ ।


तपाईको प्रतिक्रिया