काठमाडौँ चैत २० गते । मिटरब्याजीको आरोपमा डा.सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र कुमार शर्मा (सुरेन्द्र मधेसी) सप्तरीबाट पक्राउ पर्नुभएको छ । आज बिहान इलाका प्रहरी कल्याणपुरको टोलीले उहाँलाई राजविराजबाट पक्राउ गरेको हो ।
आपराधिक विश्वासघात तथा ठगी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो ।
मिटरब्याज पीडितहरूले ११ दिन पैदल हिँडेर काठमाडौँमा न्याय माग्न सङ्घर्ष गरिरहेका बेला सप्तरीबाट शर्मालाई पक्राउ गरिएको हो । गत शनिवार मात्र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा मिटरब्याज पीडितहरूले ५ बुँदे सहमति गरेका थिए ।
पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।


तपाईको प्रतिक्रिया