Khadya Bibhag

अश्लिल भिडियो बनाएका जनमत पार्टीका नेता अब्दुल खानलाई सांसदबाट निलम्बन गर्न माग

काठमाडौँ चैत २५ गते । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खानको अश्लिल भिडियो सार्वजनिक भएपछि उहाँलाई कारवाहीका लागि माग गरिएको छ ।
राष्ट्रिय अभियानले शुक्रवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै नेता खानलाई कारवाही गर्नुपर्ने माग गरेको छ ।
ज्ञापन पत्रमा भनिएको छ, ‘जनमत पार्टीका समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य दृश्य सामग्री (भिडियो) अहिले सामाजिक सञ्जालहरूमा यत्रतत्र भाइरल भइरहेको छ । उहाँको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीके शीर निहुरिएको छ ।’

सार्वजनिक जीवन धारण गरेका व्यक्तिका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन मलजल गरेको आरोप लगाउँदै अभियानका अध्यक्ष विनय यादवले सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूको निजी जीवन पनि सरल र आदर्शवान हुनुपर्छ, जसले समाजमा शिक्षा र प्रेरणा प्राप्त होस् तर खानको हर्कतले समाजलाई अझ बढी विसंगत र विकृत बनाउन मलजल गरेको आरोप लगाउनु भएको छ ।
नेता खान सजायको भागिदार रहनु भएको भन्दै अभियानका अध्यक्ष यादवले उहाँलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानूनी कारवाही अगाडि बढाउन सभामुखलाई आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया