काठमाडौँ चैत २६ गते । ‘सोमवार चैत २० गते बारा–२ को उपनिर्वाचनको लागि नमोनेशन (उम्मेदवारी दर्ता) दिने दिन हो । चैत २० देखि बैशाख १० गतेसम्म प्रचार प्रसार तीब्र गतिशिल बनाउनका लागि तपाई सबैजनालाई लाई बारा–२ मा भौतिक रुपमा उपस्थित हुन जरुरी छ । तपाई सबैजना आउनुस् र अरु कोही मित्र तपाईसँग आएर यहाँ २० दिन काम गर्न सक्छ भने उहाँलाई पनि ल्याउनुस् ।’
यो सर्कुलर जनमत पार्टीका उपाध्यक्ष एवं मधेश प्रदेशका कृषि मन्त्री वसन्त कुशवाहाले केन्द्रीय समितिका सदस्यहरुलाई ह्वाट्स एपको ग्रुपमार्फत गर्नुभएको छ ।
यसबाट पुष्टि हुन्छ, जनमत पार्टीले बारामा गरिररहेको भिडभाड अन्य जिल्लाबाट ल्याएको गरिएको भिडभाड हो । बारा–२ मा जनमत पार्टीको संगठन नै छैन अनि यतिका कार्यकर्ता तथा नेता कहाँबाट यहाँ आईपुगे बाराका जनता पनि आश्चर्यमा परेको टिप्पणी भइरहेको छ । तर पार्टीका अध्यक्ष डा. सिके राउतले सर्कुंलर गर्न लगाएर नै अन्य अन्य जिल्लाबाट बारामा मान्छे भर्नुभएको छ ।
जनमत पार्टीले अन्य जिल्लाका नेता तथा कार्यकर्तालाई बारामा भेला पारेर प्रचार प्रसारलाई तीब्र पारेको बताइएको छ । जनमत पार्टीले प्रत्येक जिल्लाबाट आआफ्नो नेता तथा कार्यकर्तालाई बारा–२ मा भेला पारेको छ ।
त्यसका लागि केन्द्रीय कमिटीले प्रत्येक जिल्लालाई सर्कुलर नै गरेको छ । जनमत पार्टीकै एक नेताले भन्नुभयो, ‘बारामा हाम्रो संगठन नभएको कारणले नै माओवादीबाट ल्याएर शिवचन्द्र कुशावाहलाई उठाएको हो । यसअघि राजेश साहले साढे दुई हजार मत ल्याउनु भएको थियो, उहाँको पोजिसन छैठो स्थानमा गएर बसेको थियो ।’
माओवादीका शिवचन्द्र कुशवाहाले अघिल्लो चुनावमा दोस्रो स्थान ल्याउनु भएको थियो । उहाँले साढे १३ हजार मत ल्याउनु भएको थियो । तर हार्नुभएको थियो, दोस्रो स्थान ल्याएको कारण उहाँलाई जनमत पार्टीले यो उपचुनावमा आफ्नो तर्फबाट उम्मेदवार बनाएको ती नेताले बताउनुभयो ।
तर शिवचन्द्र कुशवाहाले त्यति मत आफ्नो बलबुत्ताबाट ल्याएको होइन, जसपाका एक नेताले भन्नुभयो, ‘पाँच दलीय गठबन्धनका साझा उम्मेदवार उहाँ हुनुहुन्थ्यो, सो क्षेत्रमा सबभन्दा राम्रो संगठन काँग्रेसको रहेको छ, काँग्रेसले पनि मतदान गरेको थियो, माधवनकुमार नेपालको पार्टी, महन्थ ठाकुरको पार्टी, राष्ट्रिय जनमोर्चाको पार्टीले मतदान गरेपछि मात्र शिवचन्द्र कुशवाहाले त्यति मत ल्याएनु भएको थियो, तर अहिले उहाँ माओवादीबाट पनि निस्किनु भएको छ, जनमत पार्टी त्यहाँ कति कमजोर छ, त्यो प्रष्टै छ, त्यही भएर भिडभाड देखाउनका लागि सिके राउतले सिरहा, सप्तरी, पर्सा, सर्लाही, धनुषाका नेता तथा कार्यकर्तालाई बारामा उतार्नुभएको छ ।’
जनमत पार्टीका नेता रामबाबु यादव भन्नुहुन्छ, मत त बारा–२ का मतदाताले खसाउने हो, सिरहा, सप्तरी, सर्लाही, महोत्तरीको हाइन, जनमत पार्टीको यो चमकधमक बुथबाहिरसम्म हो, बुथमा गएर बारा–२ का जनताले मतदान गर्नेछन् ।’



तपाईको प्रतिक्रिया