काठमाडौँ बैशाख ९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई आफ्नो समर्थन रहेको स्पष्ट पार्नुभएको हो ।
एउटा कुनै अनलाइनले ‘लोसपा वरिष्ठ नेता राजेन्द्र महतोको समर्थन जनमतका उम्मेदवार कुशवाहालाई’ भनि समाचार सम्प्रशन गरेपछि नेता महतोले विज्ञप्ति जारी गरेर सो कुरा स्पष्ट पार्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘यो समाचारमा कुनै सत्यता छैन, पाँच दलीय गठबन्धनको साझा उम्मेदवार उपेन्द्र यादवलाई नै मेरो समर्थन रहेको स्पष्ट पार्न चाहन्छु ।’
उहाँले बारा क्षेत्र नम्बर २ का उम्मेदवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको पक्षमा मतदान गर्न आम जन समुदायलाई आग्रह पनि गर्नुभएको छ । साथै गलत समाचार बनाउने सञ्चार माध्यमलाई कानुनी कारवाहीको प्रक्रिया समेत अगाडि बढाउने जानकारी उहाँले गराउनुभयो ।



तपाईको प्रतिक्रिया