उपेन्द्रविरुद्ध गठबन्धन बनाउन एमाले र आजपालाई गुहार्दै सिके राउत
७ बैशाख २०८०, बिहीबार २३:२०
काठमाडौँ बैशाख ७ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनको साझा उम्मेदवार भएर बारा–२ मा अग्रता लिएपछि एमालेका अध्यक्ष केपी शर्मा अोली र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले गठबन्धन गर्ने तयारी गरिरहनु भएको छ ।
दुई दलको बीचमा घनिभुत छलफल भइरहेको छ । तर कसले कसलाई सघाउने विषयमा अझै टुगों लागेको छैन । जनमत पार्टी स्रोतका अनुसार एमालेले समर्थन गर्न अध्यक्ष राउतलाई आग्रह गरिएको छ तर अध्यक्ष राउतले आफू जसपाको प्रतिस्पर्धामा रहेको कारण आफ्नो उम्मेदवार शिवचन्द्र कुशवाहालाई समर्थन गर्न आग्रह गर्नुभएको छ ।
तर एमालेका अध्यक्ष ओलीले जसपाको प्रतिस्पर्धामा जनमत होइन, एमाले रहेको र जनमत र एमाले नमिलेसम्म जसपालाई हराउन नसकिने भएकाले एक भएर उपेन्द्र यादवको विरुद्ध चुनाव लड्न प्रस्ताव गर्नुभएको स्रोतले जनाएको छ । तर दुवै दल आआफ्नो अडानमा रहेको कारण सहमति भएको छैन ।
जसपाको अग्रता बढ्दै गएको कारणले एमाले र जनमत दुवै पार्टीलाई दबाव बढेको छ । जनमत पार्टीले एमालेका साथै प्रभु साह नेतृत्वको आम जनता पार्टीसँग पनि कुराकानी चलाएका छन् । तर प्रभु साहले पनि आफूलाई समर्थन गर्न अध्यक्ष राउतलाई भन्नुभएको छ ।
जसपाको जनलहर बढ्दै गएपछि जनमत पार्टीका अध्यक्ष राउतको छटपटी बढेको जसपाका एक नेताले दावी गर्नुभएको छ । जनमत पार्टीका अध्यक्ष राउतको एक मात्र उद्देश्य उपेन्द्र यादवलाई हराउनु हो, शिवचन्द्र जिते पनि न जिते पनि उपेन्द्र यादव हार्नुपर्छ मिसनमा लाग्नु भएका राउत अन्त्यमा एमालेलाई समर्थन गर्न सक्ने सम्भावना रहेको बताइएको छ । तर त्यो अवस्थामा पनि गर्न सकिने बताइएको छ ।
तपाईको प्रतिक्रिया