म कृषि मंत्री भएको बेला नयाँ दिल्लीमा भारतका तत्कालिन कृषि मंत्री शरद पवारलाई भेटेर २५ वटा मुर्रा जातका राँगो सशुल्क नै भएपनि उपलब्ध गराई दिन अनुरोध गरेको थिए। तेस बेला भारत सरकारले कतिपय पशुधनको निर्यातमा लगाईरहेको प्रतिबन्धका कारणले उनले असमर्थता जनाएका थिए। तेस पछिका बिभिन्न मंत्री तथा सम्वद्ध निकायले यस मांगलाई जारी नै राखेको हुनुपर्छ। हाल १३/१५ वटा उपलब्ध हुनु खुशी कै कुरो हो।
अमुल डेरी’ का संस्थापक ‘वर्गीज कुरियन’ ले यसरी दुधबाट भारतको समग्र बिकाश अभिबृद्धका लागि ‘स्वेत क्रांति’ ल्याउन सकिन्छ भनेर चरितार्थ गरिदेखाए।
यो अभागी मुर्राले मुलुकलाई दिनसक्ने योगदानको ख्याल नगरेर यसलाई हाँसोको बिषय बनाईएको छ। मुर्राको एक भैसीले उचित स्याहार र खानपिन पाएमा बर्षमा २ सय दिनसम्म दैनिक ३० लिटर दुध दिने गरेको छ। यदि अन्य उन्नत जातको भैसीमा यस मुर्राको बीर्यबाट गर्भाधान गराई सोबाट हुने बर्णशंकर भैसीबाट पनि औसत १२-१५ लिटर दुध प्रति दिन उत्पादन हुन सक्छ।
भारतका ‘अमुल डेरी’ का संस्थापक ‘वर्गीज कुरियन’ ले यसरी दुधबाट भारतको समग्र बिकाश अभिबृद्धका लागि ‘स्वेत क्रांति’ ल्याउन सकिन्छ भनेर चरितार्थ गरिदेखाए। आज नेपालको बजारमा सरकारी ‘डिडिसी’को दुग्ध उत्पादनहरू पाईन्न् तर ‘अमुल’को सर्वत्र पाईन्छ। सरकारले राम्रो व्यवस्थापन गर्न सके बर्षमा एक राँगोबाट १ लाख अंश बीर्य उत्पादन गर्न सकिन्छ। यत्रो ठुलो संभावना छ यसको।
रमाईलो भेटन सक्नु हुन्छ। छोराहरू संसदमा मुर्रा राँगो उपहारमा खिस्सी गरिरहेको देख्नु हुन्छ। तर, बाबु काकाहरू गाउँहरूमा, बाँस घारी तिर, खोला खोल्सी तिर भक्कु बोका, उन्मत साढे, हुडाँर राँगो आदिबाट बीर लगाउन दिनदिन भरी भौतारिई रहेका हुन्छन्। यस्तो अर्थ-सामाजिक यथार्थको कुरो संसदमा मजाकको बिषय बनाईएको छ। के सोच्दा हुन् भारत तिरका मानिसहरू, अंजुलीमा प्वाल परेका जात हुन नेपाली राजनीतिकहरू-यस्तै यस्तैहरू।
कमसे कम राणा शासन यता, पंचायति व्यवस्थाका दौरान र तेस पछिका समयमा सम्पति, वैभव प्राप्तिका प्रति नेपाली समाजका मनोबिज्ञानमा कुनै परिवर्तन आउन सकेको छ?
आजको दिनमा मलाई त सीमाका बारेमा धेरै भन्नु मन लाग्दैन। अन्यथा अर्थ नलागोस्। भुमी प्राप्ति भएको दिन म पनि तेलको बत्ती बालेर खुशी मनाउने छु।
तर म ढुक्क छु, शायद मेरो जीवन कालमा कुनै चुच्चे भाग फिर्ता पाएको मैले देख्ने छुईन। जुन मुलुकका प्रमहरू बिदेशीबाट अनुचित धनराशी स्वीकार्छन्-तेहाँ यी सब कुराहरूको के अपेक्षा गर्नु? पंचायतको बेला एक जलबिद्युत योजनाको ठेका वापत राजदरवारका लागि ‘शेर्पा होटेल’ को निर्माण गरी नजराना दिईयो, यो क्रम अहिले पनि जारी छ। हाल प्रायसः सबै ठुला योजनाहरूको निर्माण कमिशनका लागि भएको गंभीर आरोप जानकारले लगाएका छन्।
राष्ट्रिय सुरक्षाको अत्यन्त संवेदनशील दायित्व बोकेको नेपाली सेना कुनै पनि ठुलो डिलमा आरोपबाट मुक्त रहेका छैनन्।
अर्बौ अर्बको लगानीबाट बनेको पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय बिमान स्थल बनुन्जेल, संभाव्यता अध्ययन गरिंजेल यसको हेक्का राखिएन कि भारत तिरबाट एयररूट लिंदा भारतको अनुमति अनिवार्य छ। अनि यस्तो भीमकाय एयरपोर्टहरू बनेर तयार हुदाँ तेहाँ कहाँका बिमानहरू ओर्लने हुन्-यसको हेक्का राखिएन। भनिन्छ, कमिशनको खेलमा बिमानस्थल बनाईयो र अहिले भारतको बिरोध गर्ने जिम्मेवारी “ग्रेटर नेपाल” बालाको जिम्मामा परेको छ।
बिस ०५२ तिरको कुरा हो क्यार! तत्कालिन कृषि मंत्री शैलजा आचार्यको बिवादमा शेर बहादुर देउवा भ्रष्टाचार र नेपाली समाजको पाखण्डका बारेमा संसद भित्र बोल्दै थिए।
उनले प्रश्न गरे, “कमसे कम राणा शासन यता, पंचायति व्यवस्थाका दौरान र तेस पछिका समयमा सम्पति, वैभव प्राप्तिका प्रति नेपाली समाजका मनोबिज्ञानमा कुनै परिवर्तन आउन सकेको छ? हामी आ-आफ्ना छोरी र बहिनीहरूको बिहे सदा सुब्बा वा खरिदार नै किन नहुन्-तर भंसार, माल, कर तथा अदालतका कर्मचारीहरू संग नै किन गर्न खोज्छौ ? बिहे बारीका लागि अहिले पनि सेना, पुलिस तथा वनका कर्मचारीहरू सबभन्दा बढी किन रोजिन्छन् ?”


तपाईको प्रतिक्रिया