भारतीय संसदमा राखिएको नक्सालाई राजनीतिक मुद्दा नबनाउन भारतको आग्रह
२५ जेष्ठ २०८०, बिहीबार २१:४०
काठमाडौँ जेठ २५ गते । भारतीय विदेश मन्त्री एस.जय शकरले संसद भवनमा राखिएको नक्सालाई राजनीतिक विषय बनाउन नहुने बताउनु भएको छ ।
विदेश मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा विदेश मन्त्रीले संसद भवनमा राखिएको नक्सालाई राजनीतिक विषय बनाउनु हुँदैन छिमेकी (नेपाल)लाई कुनै स्पष्टता चाहिन्छ भने त्यसलाई स्पष्ट गर्न सकिन्छ त्यो कुनै ठूलो कुरा नरहेको प्रष्ट पारे ।
भारतको संसद भवनमा राखिएको नक्सामा नेपालका लुम्बनी, कपिलवस्तु जस्ता नेपालको भूमीलाई पनि त्यसमा समेटिएको प्रति नेपालमा आलोचना भइरहेको छ । विभिन्न दलले त्यसको विरुद्धमा आन्दोलन नै गरिरहेका छन् । यो विषयमा संसदमा पनि कुरा उठेको छ ।
त्यस विषयमा भारतले पटक पटक सो नक्सालाई साँस्कृतिक तथा अशोका पालाको रहेको प्रष्ट पार्दै आएको छ । आजै विदेश मन्त्री एस.जयशंकर स्वंयले पनि यो राजनीतिक विषय होइन, यसमा नेपालले स्पष्टता खोजेको छ भने कुनै ठूलो कुरा नरहेको भन्नुभएको छ ।
तपाईको प्रतिक्रिया