जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ जेठ २७ गते । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकबाट विधान अधिवेशनको तयारीको बारेमा छलफल हुने जसपाका प्रवक्ता मनिष सुमनले बताउनुभयो । असार १० गतेदेखि विधान अधिवेशन हुने तय भइसकेको छ । त्यसका लागि तयारी समितिलगायत विभिन्न समितिले काम गरिरहेका छन् ।
विधानको मस्यौदामा लगभग छलफल सकिएको छ । त्यसलाई अन्तिम रुप दिन बाँकी छ । असार ९ गते केन्द्रिय समितिको बैठक बोलाइएको छ । सो बैठकबाट विधानको अनुमोदन गरेर छलफलका लागि अधिवेशनमा लगिने बताइएको छ ।

तपाईको प्रतिक्रिया