Khadya Bibhag

प्राप्त उपलब्धीलाई उल्ट्याउने प्रयास भइरहेको छ,–उपेन्द्र यादव

काठमाडौँ असार ४ गते । जनता समावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धीलाई उल्टाउने प्रयास भइरहेको बताउनु भएको छ । सोमवार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोन गर्दै उहाँले भन्नुभयो, ‘शासन प्रणाली परिवर्तन भएपनि शासन शैलीका पुराना अवषेशहरु बाँकी नै रहेका छन् ।’
प्राप्त उपलब्धीलाई उल्टाउन ेकाम भइरहेको छ, त्यसलाई रोक्नका लागि यो मोर्चाको आवश्यकता परेको बताउँदै उहाँले आर्थिक समृद्धिका लागि पनि काम गर्न आवश्यक रहेको बताउनुभयो ।
एक खालको शक्तिले देशलाई यथास्थितिमा नै राख्न सकेको बताउँदै उहाँले प्रगतिशिल शक्तिहरु मिलेर यो मोर्चा बनाएको हो, परिवर्तनलाई आत्मसात गर्दै अझ प्रगति र परिवर्तनका लागि मोर्चा प्रतिवद्ध भएर अगाडि बढ्ने बताउनुभयो । आदिवासी जनजाति, मधेशी, दलितलगायत उत्पीडित समुदायले अझै पूर्ण रुपले अधिकार नपाएको उहाँले बताउनुभयो ।
आफ्नै देशका नागरिकले आफ्नै देशमा नागरिकता नपाएको देश कुन हो भनि सोध्यो भने नेपाल हो भन्ने अवस्था आइसकेको बताउँदै अध्यक्ष यादवले सदनबाट परित भइ राष्ट्रपतिले प्रमाणिकर गरे पनि त्यसलाई रोक्ने प्रयास भइरहेको बताउनुभयो ।
वेरोजगारलाई देशमै रोजगार दिने गरी अगाडि बढ्नुपर्ने बताउँदै उहाँले देशको कृषि र शिक्षा जर्जर भइसकेको बताउनुभयो । कृषिलाई आधुनिकीकरण गरेर राष्ट्रिय पुजीको विकास गरी देशलाई औद्योगिककरणको दिशामा अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
राजनीतिक अस्थिरताको अन्त्य गरी विभेद र असमान्तालाई अन्त्य गरी लोकतन्त्रलाई समावेशी लोकतन्त्र बनाउने काम मोर्चाले गर्ने बताउनुभयो ।
यो मोर्चाबाट कोही पनि तर्सिनु नपर्ने बताउँदै उहाँले यो कसैको विरुद्धमा गठन नभएको बताउनुभयो । अग्रगमनलाई आत्मसात गर्नका लागि यो मोर्चा गठन भएको हो, र प्रतिगमनको विरुद्धमा मोर्चा कठोर भएर अगाडि बढ्ने पनि उहाँले घोषणा गर्नुभयो ।

तपाईको प्रतिक्रिया