Khadya Bibhag

जसपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं आसार ९ गते । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।
भोलीदेखि हुने विधान अधिवेशनको विषयमा छलफलका लागि केन्द्रीय समितिको बैठक बस्न लागेको जसपाका प्रवक्ता मनिष सुमनले बताउनुभयो ।

विधान मस्यौदा तयार भइसकेको छ, त्यसलाई छलफल गरि केन्द्रीय समितिको बैठकले पारित गरि विधान अधिवेशनमा पठाउने उहाँले बताउनुभयो । मधेसी जनअधिकार फोरमले अशोक राइ नेतृत्वको संघीय समजवादी नेपलासँग एकीकरण गरि संघीय समजावादी फोरम बनायो । त्यसपछि नयाँ नेपालसँग एकीकरण गरि समाजवादी पार्टी बनायो ।

समाजवादी पार्टी र राजपाबीच एकीकरण गरि जसपा बनाएको थियो ।

पटक पटक एकीकरण गर्दै गएपछि जसपासम्म आउदा पार्टी अन्तरिम विधानको आधारमा चलेको थियो । जसपालाई अहिले विधान अधिवेशन गरेर विधानलाई समय सापेक्ष बनाउन गइरहेको छ ।

तपाईको प्रतिक्रिया