Khadya Bibhag

उखु किसानको समस्या समाधानका लागि उपसमिति गठन

उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ । समितिका सदस्य कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा रामशङ्कर यादव, सूर्यमान तामाङ (दोङ), कान्तिका सेजुवाल, गणेश पराजुली सदस्य रहनुहुने गरी पाँच सदस्यीय उपसमिति गठन भएको हो ।

समितिको जेठ ३१ गते बसेको बैठकले चिनी उद्योग तथा उखु किसानका समस्या तथा सुझाव अध्ययन उपसमिति गठन गरेको छ । उपसमितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ । ज्येष्ठ सदस्यका रुपमा समिति बैठकको सभापतित्व गर्नुभएका रणेन्द्र बरालीले गर्नुभएको थियो । उखु किसानले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम तथा न्यूनतम सटमर्थन मूल्य नपाएको लगायतका विषयबारे यो उपसमितिले अध्ययन गरेर समितिमा सुझाव पेस गर्नेछ ।

तपाईको प्रतिक्रिया