१.नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै हिमाल, पहाड,
तराई\मधेसबिच भावनात्मक एकीकरण गरी सबैको स्वामित्व, प्रतिनिधित्व र पहिचानको
मान्यतामा आधारित राज्य संरचनाको स्थापना र संस्थागत गर्ने ।
२.पहिचानसहितको सङ्घीयता, सुशासन, समतामूलक समृद्धि र सामाजिक न्यायसहितको
प्रगतिशील एवम्लोकतान्त्रिक राजनीतिक शक्तिको माध्यमबाट समाजको रूपान्तरण गर्ने ।
३.राज्यका सबै क्षेत्र, तह र निकायहरूमा जातीय÷समुदायिक जनसङ्ख्याको आधारमा समानुपातिक
समावेशी प्रतिनिधित्व गर्ने ।
४.सहभागीतामूलक समावेशी लोकतन्त्रसहितको समाजवादी लोकतन्त्रका साथै समाजवादी आर्थिक,
राजनीतिक, सामाजिक तथा साँस्कृतिक प्रणालीको विकास गर्ने ।
छ । राज्यको शासकीय स्वरूपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण
समानुपातिक प्रतिनिधित्व भएको संसदकोमान्यता स्थापित गर्ने ।
५.बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट
जनताको नागरिक र राजनीतिक अधिकार, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको
प्रत्याभूति गराउने । समता, स्वतन्त्रता एवम्न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने ।
६.राष्ट्रिय, अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय तहमा समान उद्देश्य भएका विभिन्न राजनीतिक,
सामाजिकलगायतका सङ्गठनहरूसँग सहकार्य, कार्यगत एकता एवम्मित्रवत्सम्बन्ध राख्ने ।
७.देशभित्र वा बाहिर जातिभेद, रङ्गभेद र उत्पीडनका बिरूद्ध उठेका न्यायपूर्ण सङ्घर्ष एवम्
राष्ट्रिय मुक्ति आन्दोलनप्रति ऐक्यबद्धता साथ समर्थन गर्ने ।
८.जातीय÷समुदायिक पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक प्रतिनिधित्व एवम्
सहभागीताको अधिकारलाई सुनिश्चित एवम्सुरक्षित गर्ने ।
९.जलवायु परिवर्तन र प्राकृतिक विपत्का कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने,
जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने ।
१०.जनतालाई आर्थिक, राजनीतिक र सामाजिक रूपले सबलीकरण गर्दै श्रमजीवी वर्ग, किसान,
बहिस्करण र बञ्चितीकरणमा पारिएका समुदायहरूको जीवनमा गुणात्मक र स्तरीय सुधार
ल्याउन खाद्य सुरक्षा, पूर्ण रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य र आवासमा सबै जनताको
पहुँचका लागि प्रयत्न गर्ने ।
११.समाजमा शताब्दियौंदेखि परम्पराको नाममा रहि आएको अन्धविश्वास, रूढीवादी प्रथा प्रचलन,
चिन्तन र व्यबहारलाई अन्त्य गरी ज्ञान, विज्ञान र सूचना प्रविधिमा आधारित आधुनिक समाजको
निर्माण गर्नका लागि प्रयत्न गर्ने ।
१२.सबै नागरिकका लागि समान विकासको अवसर, प्रत्येक व्यक्तिलाई आफ्नो व्यक्तित्वको स्वतन्त्र
विकास गर्ने अधिकार तथा व्यक्तित्वको क्षमताको अधिकतम् विकास सँगसँगै समानता र
न्यायको प्रत्याभूति गर्ने ।
१३.एक मानवद्वारा अर्को मानवमाथि, एउटा समाजिक समुदायद्वारा अर्को सामाजिक समुदायमाथि,
एउटा जात÷जातिद्वारा अर्को जात÷जातिमाथि, एउटा वर्गद्वारा अर्को वर्गमाथि हुने गरेका शोषण,
उत्पीडन र विभेदको अन्त्य गर्ने ।


तपाईको प्रतिक्रिया