Khadya Bibhag

आथियालाई के भने उनको बुबा सुनिलले ?

बलिउड अभिनेता सुनिल शेट्टीले आफ्नी छोरी आथियालाई केएल राहुलजस्तो जीवन साथी पाएकोमा उनलाई भाग्यमानी बताएका छन् । सुनिलले आथियालाई राम्रो नराम्रो दुवै समयमा सधैँ राहुललाई साथ दिनु भनेर सम्झाउने गरेको बताए । एक भारतीय सञ्चार माध्यममा सुनिलले भने, ‘मैले आथियालाई सधैँ हारलाई सहन सिकाएको छु । दोस्रो कुरा भनेको आफ्नो पार्टनरलाई आँखा बन्द गरेर विश्वास गर ।’
‘तेस्रो कुरा राहुल एक खेलाडी हुन्, उनलाई धेरै ठाउँमा जानुपर्ने हुन्छ । तिमी उनीसँग सबै ठाउँमा जान सक्दिनौ । उनलाई सधैँ साथ दिनु किनभने खेलाडीको जीवनमा पनि उतार–चढाव आउँछन्,’ सुनिलले छोरीलाई दिने सल्लाह बारे बताए । सुनिलले थपे, ‘जब कोही खेलाडीले रन हान्छन् उनीहरू अलग दुनियाँमा हुन्छन् । म आफ्नो समयमा सुनिल गावस्करलाई आफ्नो हिरो मान्थेँ । मेरो लागि उनी आज पनि हिरो नै हुन् ।’
सुनिलले राहुललाई पनि चेतावनी दिएका छन् । उनले भने, ‘यति धेरै राम्रो नबन कि हामी सबै तिम्रो अगाडि सानो देखिऔँ । तिमी यति धेरै राम्रो पनि नबन कि मानिसले तिमीलाई नै राम्रो के हो भनेर सिकाउन् । राहुल असाध्यै उदार खालका व्यक्ति हुन् । म आथियालाई सधैँ भन्छु कि तिमी भाग्यमानी छौ कि तिमीले राहुलजस्तो जीवनसाथी पाएकी छौ ।’

तपाईको प्रतिक्रिया