Khadya Bibhag

बन्ने भयो ‘नाइन एनएबीबी’

२०३० मा नेपालमा भएको विमान अपहरणका विषयमा आधारित रहेर चलचित्र  निर्माण हुने भएको छ । चलचित्र निर्देशक विजय कार्कीले घोषणासँगै विषय मिल्दो पोस्टर सार्वजनिक गर्नुभएको छ ।

“लुकेका कथालाई बाहिर ल्याउनेछौँ । त्यो समयलाई पर्दामार्फत पूर्ण ताजा बनाउने छौँ”, निर्देशक कार्कीले भन्नुभयो, “यो घटनासँग जोडिएका र सरोकारवाला व्यक्तिहरूसँग सम्पर्कमा रहेर कथा तयार पारिरहेको छु । यसमा विमान अपहरणको योजना कसरी बन्यो र त्यसपछि के भयो भन्ने कुरा देखाइनेछ ।” उहाँले यसको कथा लेखनमै रहेता पनि निर्माण घोषणा गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया