Khadya Bibhag

विजयको प्रयासले उत्खन्न बन्द

सिरहा नरहा गाउँपालिकाको वडा नम्बर ३ मा केही दिनदेखि अवैध रुपमा बालुवा उत्खन्न गरी बिक्रि वितरण गर्दै आइरहेको थियो । त्यसले त्यहाँका स्थानीयहरु पीडामा थिए तर त्यसको विरुद्धमा कोही बोलिरहेका थिएनन् । स्थानीय व्यपारी रामप्रकाश यादव र दिपेन्द्र यादवले स्थानीयलाई डर धम्की देखाएर लामो समयदेखि त्यहाँबाट गिटी बालुवा खनेर बेचबिखन गर्दैै आइरहनु भएको थियो ।

त्यसले त्यहाँ ठूला ठूला खाल्डो भएका थिए । त्यही नजिक रहेको एउटा विद्यालय पनि जोखिमा थियो । मुस्लिमका घरहरु जोखिममा परेको थियो । तर ती व्यपारीको डरले कोही पनि बोलिरहेका थिएनन् । त्यो उत्खन्नले वस्ती नै जोखिममा पर्यो तैपनि त्यसको विरुद्धमा कोही आवाज उठाएन । यो कुराको जानकारी चोहर्वाका विजय यादवलाई भयो । विजय यादव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का सदस्य हुनुहुन्छ । त्यो क्षेत्रमा चर्चित नेता भएको हुनाले त्यहाँ जनताले पनि उहाँ समक्ष गुनासो लिएर जानुभएको थियो ।

त्यसपछि उहाँले तुरुन्तै एक्सनमा जानुभयो । उत्खन्न गर्ने ठाउँमा नै गएर त्यसलाई रोक्ने प्रयास गर्नुभयो । तर ती व्यपारीले सुरुको दिनमा टेरेनन् । झडपको स्थिति पनि आएको थियो । विजय यादवमाथि ज्यानको खतरा पनि आइलाग्यो । त्यसका लागि उहाँले लामो समयसम्म संघर्ष गर्नुभयो । तैपनि उहाँ पछाडी हट्नु भएन ।

वन मन्त्री डा.विरेन्द्र महतोलाई फोन गर्नुभयो । जिल्लाका सिडियो, एसपीलाई पनि फोन गर्नुभयो तर त्यतिबेला कसैले रेसपोन्स गर्नुभएन । अनि धनुषामा रहनु भएका एसएसपी मनोज यादव जो सिरहाकै हुनुहुन्छ । उहाँलाई सम्पर्क गरेर सबै कुराको जानकारी दिएपछि उहाँले गोलबजारका प्रहरी टिमलाई खबर गरेर तत्कालका लागि उत्खनन् रोकाइएको थियो । विजय यादव भन्नुहुन्छ, ‘पछि वन मन्त्रीज्युले पनि फोन गर्नुभयो सबै कुराको जानकारी गराएपछि उहाँले सिरहाका डिएसपीलाई फोन गर्नुभएका थियो ।

डिएसपीले मिर्चैयाका प्रहरीलाई पठाएर उत्खन्न रोक्न लगाउनुभयो ।’

उत्खन्न गर्ने ठाउँमा रहेको टिपरहरु पनि नियन्त्रण लिएर प्रहरी चौकीमा राखिएको थियो । सात आठ दिन उत्खन्न बन्द रह्यो । त्यसपछि ती व्यपारीहरुले प्रहरीकै मिलोमतोमा फेरि उत्खन्न सुरु गरेको बताउँदै विजय यादवले भन्नुभयो, ‘मैले फेरि त्यसलाई रोक्नका लागि धेरै प्रयास गरे तर उल्टै मेरो ज्यानमाथि खतरा भयो, ज्यान मार्ने धम्कीहरु पनि आयो तर म पछाडि हटिनन् ।’

जिल्लाका सिडियो तथा एसपीलाई सम्पर्क गर्नुको साथै वन मन्त्री महतोको निरन्तर सम्पर्कमा रहे । असार २९ गते सिरहा जिल्लाका सिडियो र नरहा गाउँपालिका अध्यक्षले अनुगमन गरी त्यो उत्खन्न कार्यलाई रोकेको छ तर खन्नका लागि फेरि चलखेल भइरहेको विजय यादव बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया