नेपालको राष्ट्रिय जनगणना २०७८ र मैथिली भाषाको अवस्था

डा. सूर्य प्रसाद यादव-

१. पृष्ठभूमि

हजारौं भाषा र तिनका भाषिका भएको दक्षिण एसिया विश्वकै अगुवा बहुभाषी क्षेत्र हो । दक्षिण एसियाको सानो हिमाली राज्यका रूपमा अवस्थित नेपाल पनि बहुभाषिकताको अवस्थाबाट वञ्चित छैन । कूल १,४७,१८१ वर्ग किलोमिटर क्षेत्रफल रहेको र पूर्व-पश्चिम ८८५ किलोमिटर लम्बाई तथा उत्तर-दक्षिण १९३ औसत किलोमिटर चौडाईमा विस्तारित नेपालको जनसङ्ख्या २९१६४५७८ (ने.रा.ज. २०७८) रहेको छ । नेपालमा जनगणनाको सुरुवात १९६८ (१९११ ई.) देखि भए तापनि यसमा भाषाको उल्लेख २००९/११ देखि मात्रै भएको छ । यसका कारणहरू मध्ये राष्ट्रिय योजनामा भाषालाई कम महत्त्व दिइनु, अतिरिक्त राष्ट्रभाषा र सरकारी कामकाजको माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाबाहेक अन्य भाषाहरूको अस्तित्व नस्वीकार्नु आदि हुन सक्छन् (यादव र शाक्य २०६५) ।

नेपालमा विद्यमान सांस्कृतिक, पर्यावरणीय तथा जैविक विविधता अनुरूपकै भाषिक विविधता पनि छ । नेपालका विभिन्न भूभागमा बसोबास गर्ने नेपालीहरू नै उल्लेख्य सङ्ख्यामा रहेका विभिन्न भाषा बोल्ने विविधतापूर्ण जन समूहहरू हुन् । राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या १४२ र मातृभाषा संख्या १२४ कायम भएको छ । विं.सं. २०६८ सालको जनगणना अनुसारको कुल १२३ जातजातिमा १७ बटा जातजाति थप भएको छ । त्यस्तै वि.सं. २०६८ सालको जनगणना अनुसार कुल १२३ वटा मातृभाषा मध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको संख्या न्यून भएकोले “अन्य भाषा” अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ बटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ। नक्शा १ मा नेपालमा बोलिने भाषाहरूको अनुमानित वितरण देखाउने प्रयास गरिएको छ:

नक्शा १: नेपालका भाषाहरूको वितरण

त्यसैगरी, नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा सूचीकृत १२४ वटा मातृभाषाहरूको सङ्ख्या तालिका १ मा प्रस्तुत गरिएको छ।

तालिका १: नेपालमा बोलिने भाषाहरू

क्र.स. भाषाहरू वक्ताको संङ्ख्या प्रतिशत
नेपाली १३०८४४५७ ४४.८६
मैथिली ३२२२३८९ ११.०५
भोजपुरी १८२०७९५ ६.२४
थारु १७१४०९१ ५.८८
तामाङ १४२३०७५ ४.८८
बज्जिका ११३३७६४ ३.८९
अवधी ८६४२७६ २.९६
नेपालभाषा(नेवारी) ८६३३८० २.९६
मगर ढुट ८१०३१५ २.७८
१० डोटेली ४९४८६४ १.७
११ उर्दू ४१३७८५ १.४२
१२ लिम्बू ३५०४३६ १.२
१३ गुरुङ ३२८०७४ १.१२
१४ मगही २३०११७ ०.७९
१५ बैतेडली १५२६६६ ०.५२
१६ राई १४४५१२ ०.५
१७ अछामी १४१४४४ ०.४८
१८ बान्तवा १३८००३ ०.४७
१९ राजबंसी १३०१६३ ०.४५
२० शेर्पा ११७८९६ ०.४
२१ खस ११७५११ ०.४
२२ बझाङ्गी ९९६३१ ०.३४
२३ हिन्दी ९८३९९ ०.३४
२४ मगर खाम ९१७५३ ०.३१
२५ चामलिङ ८९०३७ ०.३१
२६ राना थारू ७७७६६ ०.२७
२७ चेपाङ ५८३९२ ०.२
२८ बाजुरेली ५६४८६ ०.१९
२९ सन्थाली ५३६७७ ०.१८
३० दनुवार, ४९९९२ ०.१७
३१ दार्चुलेली ४५६४९ ०.१६
३२ उराँव ३८८७३ ०.१३
३३ कुलुङ ३७९१२ ०.१३
३४ अङ्गिका ३५९५२ ०.१२
३५ माझी ३२९१७ ०.११
३६ कुलुङ २७०८३ ०.११
३७ थामी २६८०५ ०.०९
३८ गनगाइ २६२८१ ०.०९
३९ थुलुङ २४४०५ ०.०८
४० बङ्गला २३७७४ ०.०८
४१ घले २३०४९ ०.०८
४२ सामपाङ २१५९७ ०.०७
४३ मारवाड़ी २१३३३ ०.०७
४४ डडेलधुरी २१३०० ०.०७
४५ धिमाल २०५८३ ०.०७
४६ ताजपुरिया २०३४९ ०.०७
४७ कुमाल १८४३५ ०.०६
४८ खालिङ १६५१४ ०.०६
४९ मुसलमान १६२५२ ०.०६
५० वाम्बुले १५२८५ ०.०५
५१ बाहिङ १४४४९ ०.०५
५२ याक्खा १४२४१ ०.०५
५३ संस्कृत १३९०६ ०.०५
५४ भुजेल १३०८६ ०.०४
५५ भोटे १२८९५ ०.०४
५६ दराइ १२१५६ ०.०४
५७ याम्फु १०७४४ ०.०४
५८ नाछिरिङ ९९०६ ०.०३
५९ य्होल्मो ९६५८ ०.०३
६० दुमी ८६३८ ०.०३
६१ जुम्ली ८३३८ ०.०३
६२ बोटे ७६८७ ०.०३
६३ मेवाहाङ ७४२८ ०.०३
६४ पुमा ६७६३ ०.०२
६५ पहरी ५९४६ ०.०२
६६ अठपरिया ५५८० ०.०२
६७ दुङमाली ५४०३ ०.०२
६८ जिरेल ५१६७ ०.०२
६९ तिब्बतन ५०५३ ०.०२
७० दैलेखी ४९८६ ०.०२
७१ नुब्री ४२८४ ०.०१
७२ छन्त्याल ४२८२ ०.०१
७३ राजी ४२४७ ०.०१
७४ थकाली ४२२० ०.०१
७५ मेचे ४२०३ ०.०१
७६ कोई ४१५२ ०.०१
७७ लोहोरुङ ३८८४ ०.०१
७८ केवरात ३४६९ ०.०१
७९ डोल्पाली ३२४४ ०.०१
८० डोने ३१०० ०.०१
८१ मुगाली २८३४ ०.०१
८२ जेरूङ २८१७ ०.०१
८३ कर्मारोङ २६१९ ०.०१
८४ छिन्ताङ २५६४ ०.०१
८५ ल्होपा २३४८ ०.०१
८६ लाप्चा २२४० ०.०१
८७ मुन्डा २१०७ ०.०१
८८ मनाङे २०२२ ०.०१
८९ छिलिङ २०११ ०.०१
९० दुरा १९९१ ०.०१
९१ तिलुङ १९६९ ०.०१
९२ साङ्केतिक भाषा १७८४ ०.०१
९३ ब्याङ्सी १७०६ ०.०१
९४ बराम १५३९ ०.०१
९५ बरागुनवा १५३६ ०.०१
९६ सादरी १३४७
९७ अंग्रेजी १३२३
९८ मगर काइके १२२५
९९ सोनहा ११८२
१०० हायु ११३३
१०१ किसान १००४
१०२ पंञ्जाबी ८७१
१०३ धुलेली ७८६
१०४ राउटे ७४१
१०५ लिङखिम ७०२
१०६ लोवा ६२४
१०७ कागते ६११
१०८ वालिङ/वालुङ ५४५
१०९ नर-फु ४२८
११० ल्होमी ४१३
१११ तिछुरङ पोइके ४१०
११२ कुर्माली ३९७
११३ कोचे ३३२
११४ सिन्धी २९१
११५ फाङदुवाली २४७
११६ बेलहारे १७७
११७ सुरेल १७४
११८ मालपाण्डे १६१
११९ खरिया १३२
१२० सधानी १२२
१२१ हरियान्वी ११४
१२२ साम १०६
१२३ बनकरिया ८६
१२४ कुसुन्डा २३

तलिका १ अनुसार नेपालमा मैथिलीभाषीहरूको जनसङ्ख्या ३२२२३८९ रहेको छ । यो जनसङ्ख्या नेपालको कुल जनसङ्ख्याको ११.०५% हो । यसरी हेर्दा मैथिली भाषा तराईको परिपेक्षमा पहिलो र राष्ट्रिय स्तरमा दोस्रो भाषाको रूपमा स्थापित भएको छ ।

तालिका २ मा २००९/११ देखि २०७८ सम्मका जनगणनामा उल्लेख भएका मैथिली मातृभाषाहरूको सङ्ख्या प्रस्तुत गरिएको छ ।

तालिका २: विभिन्न जनगणनामा मैथिली मातृभाषाहरूको सङ्ख्या

क्र.सं. जनगणना वक्ताको संङ्ख्या प्रतिशत
१. २००९/११ १०२४७८० १२.४४%
२. २०१८ ११३०४०२ १२.१%
३. २०२८ १३२७२४२ ११.४९%
४. २०३८ १६६८३०९ ११.११%
५. २०४८ २१९१९०० ११.८५%
६. २०५८ २८००००० १२.३
७. २०६८ ३०९२५३० ११.७
८. २०७८ ३२२२३८९ ११.०५

स्रोत: जनगणना (२००९/११-२०७८)

२. प्रदेशगत मैथिली मातृभाषीहरूको सङ्ख्या

नेपालमा हाल सात ओटा प्रदेश रहेका छन् र प्रत्येक प्रदेशमा मैथिली भाषाभाषीहरूको उपस्थिति रहेको छ। नेपालको कुन प्रसेशमा कति मैथिली मातृभाषी रहेका छन् त्यसको जानकारी तालिका ३ मा प्रस्तुत गरिएको छ।

तालिका ३: प्रदेशगत मैथिली भाषाभाषीको सङ्ख्या

क्र.स. प्रदेश जम्मा जनसङ्ख्या मैथिली भाषी
कोशी प्रदेश ४९६१४१२ ५७९३४७
मधेश प्रदेश ६११४६०० २५५१९१७
बागमती प्रदेश ६११६८६६ ७६४५५
गण्डकी प्रदेश २४६६४२७ ३६४२
लुम्बिनी प्रदेश ५१२२०७८ ५७६१
कर्णाली प्रदेश १६८८४१२ ६३२
सूर्दुरपश्‍चिम प्रदेश २६९४७८३ ४६३५

स्रोत: जनगणना (२०७८)

 

 

 

२.१ कोशी प्रदेश

कोशी प्रदेशमा जम्मा १४ वटा जिल्लाहरू छन् । ती जिल्लारूमा मैथिली भाषाभाषीहरूको कुल जनसङ्ख्या ५७९३४७ रहेको छ । तिनको बिवरण निम्नानुसार छ ।

तालिका ४: जिल्लागत मैथिली भाषाभाषीको सङ्ख्या

क्र.स. जिल्ला जम्मा जनसङ्ख्या मैथिली भाषी
ताप्लेजुङ १२०५९० २२५
संखुवासभा १५८०४१ ३२७
सोमुखुम्बु १०४८५१ १७९
ओखलढुँगा १३९५५२ १७८
खोटाङ १७५२९८ ३९७
भोजपुर १५७८२३ २४०
धनकुटा १५०५९९ ६१३
तेह्रथुम ८८७३१ २९१
पाँचथर १७२४०० ३५४
१० इलाम २७९५३४ ५४०
११ झापा ९९८०५४ ४१७१७
१२ मोरङ्ग ११४८१५६ २५९९८०
१३ सुनसरी ९२६९६२ २६१२१०
१४ उदयपुर ३४०७२१ १३०९६

स्रोत : जनगणना (२०७८)

२.२ मधेस प्रदेश

मधेस प्रदेशमा जम्मा ८ वटा जिल्लाहरू छन् । ती जिल्लारूमा मैथिली भाषाभाषीहरूको कुल जनसङ्ख्या २५५१९१७ रहेको छ । तिनको बिवरण निम्नानुसार छ ।

तालिका ५: जिल्लागत मैथिली भाषाभाषीको सङ्ख्या

क्र.स. जिल्ला जम्मा जनसङ्ख्या मैथिली भाषी
सप्तरी ७०६२५५ ५६८६९१
सिरहा ७३९९५३ ६२५८८७
धनुषा ८६७७४७ ६९७४६०
महोत्तरी ७०६९९४ ५०१३५१
सर्लाही ८६२४७० ११७२८६
रौटहट ८१३५७३ ३०९७४
बारा ७६३१३७ २८९७
पर्सा ६५४४७१ ७३७१

स्रोत : जनगणना (२०७८)

२.३ बागमती प्रदेश

बागमती प्रदेशमा जम्मा १३ वटा जिल्लाहरू छन् । ती जिल्लारूमा मैथिली भाषाभाषीहरूको कुल जनसङ्ख्या ७६४५५ रहेको छ । तिनको बिवरण निम्नानुसार छ ।

 

तालिका ६: जिल्लागत मैथिली भाषाभाषीको सङ्ख्या

क्र.स. जिल्ला जम्मा जनसङ्ख्या मैथिली भाषी
दोलखा १७२७६७ ३६५
सिन्धुपालचौक २६२६२४ ३८१
रसुवा ४६६८९ ६४
धादिङ ३२५७१० ३३०
नुवाकोट २६३३९१ ३८७
काठमाण्डू २०४१५८७ ३९०६०
भक्तपुर ४३२१३२ ६५२७
ललितपुर ५५१६६७ १५९७३
काभ्रेपलान्चौक ३६४०३९ ९९३
१० रामेछाप १७०३०२ ४५६
११ सिन्धुली ३०००२६ ५४००
१२ मकवानपुर ४६६०७३ २८०४
१३ चितवन ७१९८५९ ३७१५

स्रोत : जनगणना (२०७८)

२.४ गण्डकी प्रदेश

गण्डकी प्रदेशमा जम्मा ११ वटा जिल्लाहरू छन् । ती जिल्लारूमा मैथिली भाषाभाषीहरूको कुल जनसङ्ख्या ३६४२ रहेको छ । तिनको बिवरण निम्नानुसार छ

तालिका ७: जिल्लागत मैथिली भाषाभाषीको सङ्ख्या

क्र.स. जिल्ला जम्मा जनसङ्ख्या मैथिली भाषी
गोर्खा २५१०२७ १५५
मनाङ ५६५८ १०
मुस्ताङ १४४५२ ४१
म्यागदी १०७०३३ ८८
कास्की ६०००५१ १८१५
लमजुङ १५५८५२ १४६
तनहु ३२११५३ ४६०
नवलपरासी ३७८०७९ ६०८
स्याङजा २५३०२४ १०२
१० पर्वत १३०८८७ १२१
११ वागलुङ २४९२११ ९६

स्रोत : जनगणना (२०७८)

२.५ लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा जम्मा १२ वटा जिल्लाहरू छन् । ती जिल्लारूमा मैथिली भाषाभाषीहरूको कुल जनसङ्ख्या ५७६१ रहेको छ । तिनको बिवरण निम्नानुसार छ

 

 

तालिका ८: जिल्लागत मैथिली भाषाभाषीको सङ्ख्या

क्र.स. जिल्ला जम्मा जनसङ्ख्या मैथिली भाषी
रूकुम (पूर्व) ५६७८६
रोल्पा २३४७९३ ४६
प्युठान २३२०१९ ५७
गुलमी २४६४९४ ८४
अर्घाखाँची १७७०८६ ५४
पाल्पा २४५०२७ १७०
नवलपरासी (बर्धाघाट सुस्ता पश्चिम ३८६८६८ ४५७
रूपनदेही ११२१९५७ २३८३
कपिलवस्तु ६८२९६१ ३०४
१० दाङ ६७४९९३ ४५२
११ वाँके ६०३१९४ १२९७
१२ बर्दिया ४५९९०० ४४८

स्रोत : जनगणना (२०७८)

२.६ कर्णाली प्रदेश

कर्णाली प्रदेशमा जम्मा १० वटा जिल्लाहरू छन् । ती जिल्लारूमा मैथिली भाषाभाषीहरूको कुल जनसङ्ख्या ६३२ रहेको छ । तिनको बिवरण निम्नानुसार छ

तालिका ९: जिल्लागत मैथिली भाषाभाषीको सङ्ख्या

क्र.स. जिल्ला जम्मा जनसङ्ख्या मैथिली भाषी
डोल्पा ४२७७४ २५
मुगु ६४५४९
हुम्ला ५५३९४ १७
जुम्ला ११८३४९ ६६
कालीकोट १४५२९२ २०
दैलेख २५२३१३ ४१
जाजरकोट १८९३६० १७
रूकुम (पश्चिम) १६६७४० २३
स्लयान २३८५१५ ४०
१० सुर्खेत ४१५१२६ ३८३

स्रोत : जनगणना (२०७८)

२.७ सूर्दुरपश्‍चिम प्रदेश

सूर्दुरपश्‍चिम प्रदेशमा जम्मा ९ वटा जिल्लाहरू छन् । ती जिल्लारूमा मैथिली भाषाभाषीहरूको कुल जनसङ्ख्या ४६३५ रहेको छ । तिनको बिवरण निम्नानुसार छ

 

 

तालिका १०: जिल्लागत मैथिली भाषाभाषीको सङ्ख्या

क्र.स. जिल्ला जम्मा जनसङ्ख्या मैथिली भाषी
बाजुरा १३८५२३ २१
बझाङ १८९०८५ ६२८
दार्चुला १३३३१० २२
बैतडी २४२१५७ ३५
डडेलधुरा १३९६०२ १७६
डोटी २०४८३१ १६२
अछाम २२८८५२ ६२
कैलाली ९०४६६६ ३००३
कन्चनपुर ५१३७५७ ५२६

३ निचोड़

पछिल्लो ८ जनगणनामा धेरै जसो रिपोर्ट गरिए अनुसार मैथिली मातृभाषा बोल्नेहरूको प्रतिशतमा गिरावट देखाउँछ। यस गिरावटको कैयौं कारणहरू छन्: राजनीतिक, सामाजिक, भौगोलिक आदि । तर यसको प्रमुख कारणको रूपमा तथाकथित अभिजात्य वर्ग आफूले बोलेको मैथिलीलाई ‘प्रतिष्ठित’ मैथिली बुझ्ने र आफू बाहेकको मैथिली भाषीहरूलाई फरक देख्ने प्रवृति नै हो । जवकि आफ्नो मैथिलीलाई प्रतिष्ठित ठान्ने भन्दा अरू मैथिली भाषीहरूको संख्या कुल संख्याको ९८% भन्दा बढी छन् । जसको बिना यो गम्भीर रूपमा सीमान्तीकृत र निष्क्रिय हुनेछ । लामो र समृद्ध सम्पदा भएको मैथिली भाषाको संवर्द्धन र संरक्षणको हितमा ढिलो हुनु अघि नै यो ‘जाति र राजनीतिक अराजकता’ को समस्या समाधान गर्न जरुरी छ । यो समस्याको थप अध्ययन आवश्यक छ । आउनुहोस् हामी हाम्रो मातृभाषाको उज्यालो भविष्यको लागि हाम्रो hangups लाई हटाउनुहोस् र एकजुट भएर काम गरौं । कम्तिमा यी तीनवटा द्रुत पहल गरौं: (१) कोशी र मधेश प्रदेशमा मैथिली भाषालाई राज्यको सरकारी कामकाजको भाषाको रूपमा परिचय गराउने; (२) आधारभूत शिक्षाको तहमा मैथिली भाषालाई शिक्षाको माध्यमको रूपमा प्रयोग गर्ने; र (३) आफ्नो शैक्षिक अध्ययन मार्फत मैथिली भाषा, साहित्य र संस्कृतिलाई समृद्ध बनाउने।

मैथिली बचाउ, मैथिली पढ़ाउ

 

तपाईको प्रतिक्रिया