मावन बेच्नेलाई सिके राउतको संरक्षण

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेता पल्टन ठाकुरले १२ लाख रुपियाँ लिएर एकजनालाई जेनेभामा बेच्नु भएको छ । त्यसको लागि जनमत पार्टीले कारवाही गर्ने भएपछि उहाँ जनमत पार्टीमा प्रवेश गर्नभएको छ । उहाँले लोसपाले मात्र होइन, सरकारको तर्फबाट पनि कारवाही गर्ने भनेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले उहाँलाई संरक्षण दिएको टिप्पणीहरु भइरहेको छ ।

स्विजरल्याण्डको जेनेभामा आयोजित ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ मा सहभागी हुन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग गएका मधेस ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य कुलबहादुर खड्का उतै हराएपछि मधेस ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष अध्यक्ष ठाकुर छानविनको दायरमा आउनु भएको छ ।

महासंघका अध्यक्ष ठाकुरले सम्मेलनमा सहभागी हुनका लागि मजदुर नेताको रूपमा खड्कालाई सिफारिस गर्नुभएको थियो । तर सम्मेलनमा सहभागी हुन स्विट्जरल्याण्ड जानु भएका हालसम्म उहाँ फर्किनु भएको छैन । लोसपाका नेता समेत रहेका अध्यक्ष ठाकुरले खड्कासँग १२ लाख रुपैयाँ लिएर भ्रमण टिममा सहभागी गराएको आरोप छ ।

लोसपाका वरिष्ठ नेता समेत रहनु भएका मन्त्री भण्डारीले अध्यक्ष ठाकुरले गलत काम गरेको र उहाँलाई कारवाही हुने बताउनुभयो । उहाँलाई कारबाही गर्ने तयारी गरिरहँदा पार्टी छाडेर भाग्नु भएको मन्त्री भण्डारीले दावी गर्नुभयो ।

सम्मेलनमा गएको व्यक्ति अझै नफर्केको बारेमा छानबिन भइरहेको दोषीमाथि कारबाही हुने मन्त्री भण्डारीले बताउनुभयो । तर अध्यक्ष ठाकुर भने आफूले सिफारिस मात्रै गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले सिफारिस मात्र गरेको हुँ, त्यो मान्छे किन आएन त्यो खोज्ने काम सरकारको हो, सरकारले खोजेर ल्याउनुपर्छ ।’

पल्टन ठाकुरले काँग्रेसबाट राजनीति सुरु गर्नुभएको हो । त्यहाँ नाइ संघमै विवाद भएपछि उहाँ पार्टी छाडेर तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गर्नुभएको थियो । तर त्यहाँ पनि टिक्न सक्नुभएन । अनि उहाँ राजेन्द्र महतोको तत्कालिन सद्भावना पार्टीमा प्रवेश गर्नुभयो । राजेन्द्र महतोसँगै लोसपासँग पुगेका ठाकुर अहिले पार्टी छाडेर असार २४ गते जनमत पार्टीमा प्रवेश गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया