आमा बनिन् गरिमा पन्त

अभिनेत्री गरिमा पन्त दोस्रो पटक आमा बनेकी छन् । दुई वर्षअघि पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनलाई दोस्रो सन्तान पनि छोरी नै भएको छ । उनले दुई छोरीको तस्विर सामाजिक सञ्जालमा सेअर गर्दै खुसी साटेकी छन् । गरिमाले आइतबार बेल्जियमको अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी प्राप्त छ । पहिलो छोरी पनि उनले बेल्जियममा नै जन्म दिएकी थिइन् ।

२०७३ सालमा बेल्जियम बस्ने हरि थपलियासँग विवाह बन्धनमा बाँधिएपछि गरिमाले फिल्मबाट दूरी बनाएकी छन् । उनले फिल्ममा काम नगरेको ७ वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो पटक फिल्म ‘तीन घुम्ती’ मा देखिएकी उनले २०७० सालमा प्रदर्शन भएको फिल्म ‘झोला’ बाट राष्ट्रिय अवार्डका साथै सार्क फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जित्न सफल भएकी थिइन् ।

अहिले उनले श्रीमानसँग मिलेर बेल्जियममै व्यवसाय सञ्चालन गर्दै आएकी छन् । सोझी र भलाद्मी अभिनेत्रीको छवि बनाएकी उनले ‘जीवन मृत्यु’, प्रितीको फूल’, ‘दिदी भाई’, ‘मनले मनलाई छुन्छ’, ‘ठूली’, ‘फूल, ‘सुन्दर मेरो नाम’लगायतका दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् । उनको डेब्यू फिल्म भने ‘निखिल दाई’ थियो । यसपछि उनको करिअर सुखद रुपमा अगाडि बढेको थियो ।

तपाईको प्रतिक्रिया