Khadya Bibhag

प्रतिनिधिसभा समितिहरुले पाए पूर्णता, सभापतिहरुले लिइ सपथ

काठमाडौँ भदौं ११ गते । प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएको छ । प्रतिनिधिसभाअन्तरर्गत रहेका १० वटै समितिका सभापति निर्विरोध सोमवार निर्वाचित भएका छन् । निर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज दाहालले निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउनु भएको हो ।

जसअन्तर्गत अर्थ समितिको सभापतिमा नेपली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित हुनुभएको छ ।

त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले) का ऋषिकेश पोखरेलको निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएको छ ।

तपाईको प्रतिक्रिया