काठमाडौँ भदौं १२ गते । चीनले नेपालको चुच्चै नक्सा नै गायब गरेको छ । चीनले जारी गरेको नयाँ नक्सामा नेपालको नयाँ नक्सामा रहेको चुच्चे भागलाई गायब पारेको छ । यसको मतलब चीनले नेपालको त्यो नक्सालाई मान्यता दिएको छैन । नेपालले २०७७ मा नयाँ छुटेको भुभागलाई समेटिदै नयाँ नक्साले जारी गरेको ।
सो नक्साका कारण भारतसँग मतभेद पनि उत्पन्न भएको थियो । भारतमा रहेको सो भागलाई नेपालले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेपछि भारतले चित्त दुखाएको थियो । तर नेपालले संविधान नै संशोधन गरेर नेपालको त्यो नक्सा सार्वजनिक गरको थियो तर अहिले आएर चीनले त्यसलाई मान्यता नदिएको जस्तो देखिएको छ ।
चीनले सोमवार स्ट्याण्डर्ड म्याप भनदै नयाँ जारी गर्दा त्यसमा नेपालको पुरानै नक्सा राखेको छ । नेपालले त्यतिबेला थप गरिएको चुच्चे नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतलाई समेटिएको थियो । सुगौली सन्धिअनुसार काली नदी र त्योभन्दा पूर्वको भूभागको अभिन्न अङ्ग भए पनि नेपालमा प्रचलित नक्सामा गुन्जी, नाभी, कुटी लगायत केही भूभाग समेटिएको थियो ।
चीनले जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ ।


तपाईको प्रतिक्रिया