काठमाडौँ भदौ १४ गते । चीनले नेपालको चुच्चै नक्सा स्विकार नगरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पाँच दिने चीन भ्रमण रद्द गर्नुभएको छ ।
पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि उहाँ आज चीन जाने तयारीमा थिए तर चीन अस्ति सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चै गायब गरिएको कारण देखाउँदै आफ्नो भ्रमण अन्तिम समयमा आएर रद्द गर्नुभएको छ ।
उहाँले आफ्नो आधिकारी एक्स (ट्वीटर)मा भन्नुभएको छ, ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
२०७७ जेठ ७ गते नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो । त्यसमा भारतले पनि असन्तुष्टि जनाउँदै आएको थियो । अहिले चीनले पनि आफ्नो नक्सा सार्वजनिक गर्दा त्यो चुच्चै नदेखिए पछि नेपालमा त्यसको विरोध भइरहेको छ ।
तपाईको प्रतिक्रिया