प्रहरी समायोजन ऐन कार्यवन्यन हुनुपर्छ–लोसपा प्रदेश अध्यक्ष सोनल

बारा भदौ १५ गते । लोकतान्त्रिक समाजवादी पार्टी सपा नेपाल जितपुर, सिमरा उपमहानगरपालिका समितिद्वारा गढीमाइ मन्दिरको धर्मशालामा आयोजित अगुवा कार्यकार्ता भेलामा कार्यक्रमका प्रमुख अतिथि लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले प्रदेशमा र देशमा प्रहरी समायोजन ऐन कार्यवन्यन हुनुपर्ने बताउनुभयो ।

संघीयतालाइ मजबुत गर्नको लागी प्रदेशको आफ्नो प्रहरी प्रशासन हुनुपर्ने कुरामा जोड दिँदै देशलाई र प्रदेशलाई शान्ति र स्थायित्व प्रदान गर्न प्रहरी ऐन कार्यवन्यन गर्न अति आवश्यक रहेको कुरा पनि उहाँले राख्नु भयो।

सो कार्यक्रममा लोसपा बारा क्षेत्र न. ४ का अध्यक्ष सिताराम गुप्ता, प्रदेश ४ (क) अध्यक्ष घनश्याम गिरि, नगर अध्यक्ष शिवजी साह, लोसपा नेता प्रभुनाथ सिंह, राजु गिरि, रामबाबु पटेल, सरोज पटेल, तरुण सहनी, वडा अध्यक्ष मोतीलाल यादव लगायत अगुवा कार्यकर्ताहरुको बृहत उपस्थिति थियो।

तपाईको प्रतिक्रिया