काठमाडौँ भदौं १५ गते । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ताका लागि राजदूता श्रीवास्ताव राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थली पुग्नुभएको थियो । रास्वपाको मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन पार्टीले भूमिका खेलेको कुरा सभापति लामिछानेले राजदूत श्रीवास्तवलाई जानकारी गराएको सो पार्टीले जनाएको छ ।
स्वतन्त्र पार्टीले दिएको उद्देश्य र जनताको हितमा गर्ने काममा भारतको सहयोग रहने र नेपाल–भारतबीचको सम्बन्धलाई अझै कसरी बलियो बनाउने त्यसको विषयमा सहकार्य गरेर अगाडि बढ्ने धारणा राजदूता श्रीवास्तले राख्नुभएको बताइएको छ । नेपाल–भारतको सम्बन्ध सदियौं पुरानो रहेको र यसलाई अझै बलियो कसरी बनाउने त्यसको बारेमा नेपाल–भारतका जनताको चासोको विषय रहेको धारणा राजदूत श्रीवास्तवको रहेको थियो ।
तपाईको प्रतिक्रिया