भोजपुरी फिल्मको नायिका प्रियांशु सिंहले आफ्ना नजिकका साथी तथा को–स्टार पुनित सिंहमाथि बलत्कारको आरोप लगाएकी छिन् । यो आरोपले पुरै भोजपुरी फिल्म इण्डिस्ट्रमा चर्चाको विषय बनेको छ ।
नायिका प्रियांशु सिंहले भनिन्, ‘पुनितले मलाई विवाहको आश्वासन दिएर मलाई फँसाउनु भयो र पछि बलत्कार गर्नुभयो र यो मैले करिब दुई वर्षदेखि झेलिरहेको छु ।’ आफूहरु एउटै जातका हौं, आफूहरुको विवाह निश्चित छ, कसैले रोक्न सक्दैन भनि आश्वासन दिएर पुनितले पटक पटक कहिले रक्सी खुवाएर त कहिले के बहानामा आफूसँग शारीरिक सम्बन्ध बनाएको आरोप लगाएकी छिन् । दुई वर्षसम्म विवाहको आश्वासन मात्र दिएको तर विवाहको आश्वासन दिएर शरीरसँग खेल्ने काम गरेको आरोप प्रियांशुको छ ।
उनले भारतका एक सञ्चारमाध्यमलाई भनिन्, ‘पुनितले मसँग शारीरिक सम्बन्ध मात्र होइन, मसँग अनेचुरल कार्यहरु पनि गर्न लगाउनुभयो जो अहिले सम्झदा लाज लाग्छ ।’ सन् २०२१ देखि दुवै जनाको बीच मुम्बईमा चिनजान भयो र दोस्ती भयो । त्यही दोस्तीको गलत फाइदा उठाएको प्रियांशुको आरोप छ । प्रियांशुले पुनितमाथि अदालतमा मुद्दा पनि दायर गरेकी छिन् ।
तपाईको प्रतिक्रिया