नेपालकी चर्चित मोडेल अनिता यादवलाई अखिल नेपाल यादव महिला संघले सम्मान गरेको छ । ‘द मिसेज नेशनल २०२३ को ब्राण्ड एम्बेस्डर बन्न सफल भएर सम्पूर्ण यादव समुदायको गौरन्वान्वित गरेको कारण उहाँलाई सो सम्मान प्रदान गरिएको हो । जितिया र्पको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा सो सम्मान गरेको हो । मिसेस नेपाल चलाई रहेकी अनिता यादव सन् २०१८ मा मिसेस नेपाल अवार्ड जित्न सफल भएकी थिइन् ।
समाजसेवामा पनि सक्रिय रहेकी अनिता यादव मोडलिङमा सन् २०१८ बाट होमिएकी हुन् । त्यो समय उनी सामाजिक सञ्जालमा धेरै ‘एक्टिभ’ थिइन् । फ्रान्सका एक महिला मोडल उनको फेसबुक साथी थिइन् । जससँग उनी लामो समय च्याटमा रहन्थिन् । नियमितझैँ एक दिन च्याटको क्रममा ती मोडलले उनलाई फेस राम्रो भएकोले मोडलिङमा लाग्न सुझाइन् ।
मोडल साथीको सुझावपछि उनी मोडलिङको लागि प्लेटफर्मको खोजीमा लागिन् । त्यो समय उनको ध्यान ‘मिसेस ग्ल्याम नेपाल २०१८’मा प¥यो । जसको आवेदन खुल्ला थियो । उनले प्रतियोगिताका लागि आवेदन भरेकी थिइन् । प्रतियोगितामा उनको पोल्टामा फस्ट रनर अप उपाधि प¥यो । त्यो उपाधिले उनलाई मोडलिङमा लाग्न झन प्रेरित गर्यो । उनको मोडलिङको सुरुवात विभिन्न ब्रान्डका घडीको विज्ञापनबाट भयो । घडीपछि उनले चस्माको विज्ञापनमा काम गरिन् । त्यसपछि कुमकुम ज्वेलर्सको हीरा र सुनका विभिन्न गहनाको भिडियो र पोस्टर विज्ञापन गरिन् । अहिले उनीसँग नेपाल बैंक, इनर्जी ड्रिंक्स लगायतका केही विज्ञापनको अफर छ ।
तपाईको प्रतिक्रिया